Logo

रिचार्जरको क्यास ब्याक अफर सार्वजनिक, टिकट खरिदमा २२० रुपैंया फिर्ता

रिचार्जरको क्यास ब्याक अफर सार्वजनिक, टिकट खरिदमा २२० रुपैंया फिर्ता



काठमाडौं । मोबाइल एप रिचार्जरले एफक्युब सिनेमाको टिकटमा २२० रुपैंया क्यास व्याक दिने भएको छ । जनवरी २० देखि बिगसेल मेला सञ्चालन गरिरहेको बिग सेल अफर अन्तरगत रिचार्जरबाट एफक्युब सिनेमाको टिकट खरिदमा सो रकम फिर्ता दिने भएको हो ।

laxmi

त्यसतै रिचार्जरले नाइट फूड तथा ड्रिङ्क्स सर्भिस सेवा समेत थप गरेको छ । नाइट फूड सर्भिस तथा ड्रिङ्क्सको अर्डर रोयर इम्पायर बुटिक होटल तथा भोक लाग्यो डटकमसँगको सहकार्यमा सञ्चालन गरिएको हो ।

सेलमा २० हजार २० रुपैंयामा अन्नपूर्ण बेस क्याम्प अवलोकन, कालिञ्चोक, खोटाङ हलेसीलगायतको भ्रमण प्याकेजका लागि माग भई आएको समेत रिचार्जले जानकारी दिएको छ । साथै रिचार्जरका नयाँ प्रयोगकर्ताहरुमध्ये एक जनालाई हरेक महिना गोलाप्रथाबाट हेलिकप्टरमा अन्नपूर्ण बेस क्याम्प ट्रिप उपलब्ध गराइने छ ।

सो अफर अन्तरगतनै आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै विभिन्न भ्रमण प्योकजहरु सस्तो मूल्यमा उपलब्ध गराईरहेको रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिएका छन । नेपालीलाई नेपाल घुमाउने योजना अन्तरगत सस्तो मूल्यमा विभिन्न गन्तव्यको टूर प्याकेजहरु किस्ताबन्दीमा उपलब्ध गराएको ग्लाइडरले बताए ।

भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरमा ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट समेत प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL