Logo

न्युरोडमा मास मोबाईल जोन संचालनमा, मोबाईल खरिदमा निशुल्क ईन्सुरेन्स देखि उपहारसम्म

न्युरोडमा मास मोबाईल जोन संचालनमा, मोबाईल खरिदमा निशुल्क ईन्सुरेन्स देखि उपहारसम्म



काठमाडौं । सक्रिय युवा व्यवसायीहरुको नेतृत्वमा मास मोबाइल जोन संचालनमा आएको छ । पाको न्यूरोडमा आफ्ना ग्राहकहरुलाई हात खाली नजाने उपहार योजना सहित उक्त जोन संचालनमा ल्याएको हो ।

ब्राण्डेड मोबाइल फोनहरुको कारोबार गर्दै आएको मास मोबाइल जोनले आफ्नो शोरुम उद्घाटनको अवसर पारेर प्रत्येक मोबाइल फोनको खरिदमा इन्स्योरेन्सको सुविधा निशुल्क दिने जानकारी दिएको छ ।

मास मोबाइल जोनको इन्स्योरेन्स पार्टनर मेरो सुरक्षाको साथमा कम्पनीले आफ्नो जोनबाट बिक्री गरिने हरेक मोबाइल फोनमा ५ प्रतिशतको इन्स्योरेन्स आफैंले गरिदिने भएको हो । यो सुविधा नेपालभरी मास मोबाइल जोनमा मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

मास मोबाइल जोनमा मात्र उपलब्ध एक्सक्लूसिभ इस्न्योरेन्स अफर अन्तरगत किनेको कुनैपनि ब्राण्डका मोबाइल फोनहरु डिस्प्ले फुटेमा, हराएमा वा चोरी भएमा पुरै इन्स्योरेन्स सुविधा उपलब्ध हुनेछ ।

साथै कम्पनीले प्रत्येक खरिदकर्ताहरुलाई मोबाइल किनेपछि १ सय रुपैयाँ मूल्य बराबरको रिचार्ज कार्ड उपलब्ध गराउनेछ । त्यसैगरि कम्पनीले आफ्ना हरेक ग्राहकहरुलाई दशैंको अवधिभर फोन किन्दा प्रत्येक खरिदमा एउटा ५ सय एमएलको कोकाकोला र पपकर्न निशुल्क दिनेछ । यसबाहेक मास मोबाइल जोनले हरेक ग्राहकहरुलाई प्रत्येक स्मार्टफोनको खरिदमा टेम्पर ग्लास र ब्राण्डेड ईयरफोन सित्तैमा दिने भएको छ ।

कम्पनीले ओपो, भीभो, अनर र शाओमी ब्राण्डका स्मार्टफोनहरुमा विशेष छुट उपलब्ध गराउने छ । यी फोनहरुमा कम्पनीले ग्राहकहरुलाई अधिकतम छुट सहित स्मार्टफोन बिक्री गर्ने योजना ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL