Logo

फोन पेको दशैं तिहार ‘क्युआर’ व्यापार अफर, मर्चेन्टको संख्या ५० हजार पुग्यो

फोन पेको दशैं तिहार ‘क्युआर’ व्यापार अफर, मर्चेन्टको संख्या ५० हजार पुग्यो



काठमाडौं । नेपालको फोन–पे प्रालिले ‘दशैं तिहार क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ । ५० हजार मर्चेन्ट पुगेको अवसरमा दशैं तिहारलाई लक्षित गरी फोन पेले ‘दशैं तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ ।

फोन–पे प्रालिले मर्चेन्टको संख्या ५० हजार पुगेको अवसरमा उक्त अफर सार्वजनिक गरेको हो । अफर अन्तरगत हरेक दिन १० जना मर्चेन्टले १ हजार रुपैयाँ, २ जनालाई ५ हजार तथा एक जनाले १० हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् । योजना असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुनेछ ।

साथै एजना भाग्यशाली मर्चेन्टले भने दशैं तिहार र छठ पर्बपछि एकलाख रूपैयाँ प्राप्त गर्नेछन । योजनामा फोन पे मर्चेन्टका सदस्य बैंक तथा वालेटमार्फत क्युआर भुक्तानी गर्ने मर्चेएन्टलाई मात्र सहभागी गराइने फोन पेले जानकारी दिएको छ ।

फोन पेमा विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक पचास हजार भन्दा बढी कारोबार हुने गरेको छ । फोन पेमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जसबाट नेपालका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL