Logo

घोराही चेम्बरको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा मञ्जु बज्राचार्य

घोराही चेम्बरको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा मञ्जु बज्राचार्य



काठमाडौं । घोराही चेम्बर अफ कमर्सले आफ्नो पहिलो अधिवेशन सम्पन्न गरेको छ । घोराही चेम्बरले दाङको घोराहीमा अधिवेशन सम्पन्न भएको हो ।

आफ्नो पहिलो अधिवेशनमा घोराही चेम्वरले अध्यक्ष लगायत १९ जना कार्यसमिति समेत गठन गरेको छ । घोराही चेम्बरको अध्यक्षमा भने मञ्जु बज्राचार्य सर्वसम्मत चयन भएकी छन ।

घोराही चेम्बरको कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले दाङ उपत्यकामा विभिन्न उद्योगहरुको प्रचुर सम्भावना रहेको बताएका छन । उनले यहाँ कृषि, पर्यटन, उद्योग लगायतमा उचित लगानी गर्न सके दाङले समृद्धि हाँसिल गर्न सक्ने जानकारी दिएका छन ।

दाङ अण्डा, माछा, मासु लगायतका अन्य नगदे बालीमा पनि आत्मनिर्भर भए दाङमा हुने आयातलाई शुन्यमा झार्न सकिने उनको भनाई थियो ।

धार्मिक तथा सांस्कृतिक रुपले निकै आकर्षक रहेको दाङमा धार्मिक पर्यटनको विकास गर्न आवश्यक पूर्वाधार सहित विकाश गर्न सकिने पर्याप्त संभावनालाई उनले उद्धृत गरेका छन ।

कार्यक्रममा चेम्बर अफ कमर्स कर्णालीका महासचिव प्रकाश वली, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, काग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL