Logo

दराजको ब्राण्ड डे शृंखला सोनीको साथमा, सामान खरिदमा ८० प्रतिशत सम्म छुट

दराजको ब्राण्ड डे शृंखला सोनीको साथमा, सामान खरिदमा ८० प्रतिशत सम्म छुट



काठमाडौं । नेपालको अनलाइन शपिङ गन्तव्य, दराजले आफ्नो ब्राण्ड डे शृंखला यही मार्च १५ मा प्रख्यात ब्राण्ड सोनीको साथमा गर्ने भएको छ ।

laxmi

उक्त एक दिने ब्राण्डेमा ग्राहकले सोनीको विभिन्न उत्पादनहरु फोन, क्यामेरा, टिभी, साथै अन्य समानहरुमा विशेष छुट पाउने भएका छन । साथै आकर्षक उपहार तथा ५ हजार रुपैयाँसम्मको संग्रहणीय भाउचरहरु प्रदान गर्ने दराजले जानकारी दिएको छ ।

उक्त ब्राण्डेमा फोनको खरिदमा ५२ प्रतिशत, टिभीमा ३७ प्रतिशत, क्यामेरामा २७ प्रतिशत र एक्सेसरीजहरुमा ८० प्रतिशत सम्म छुट दिने भएको छ । उपभोक्ताले विशेष मोडलका क्यामेरा खरीदमा १७ हजार र प्ले स्टेशन खरीद गर्दा १६ हजार रुपैयाँ सम्मको उपहार पाउने भएको छ ।

साथै उपभोक्ताहरुले सोनीको एक्सपेरिया एलवान फोन जित्ने मौका समेत प्राप्त गर्न सक्नेछन । जस्का लागि दराजमा सोनीको स्टोर फलो गर्नुपर्नेछ । दराजले ब्राण्ड डे हरेक महिनाको १ र १५ गते संचालन गर्दै आईरहेको छ ।

उक्त २४ घण्टा भित्र ग्राहकले प्रसिद्ध ब्राण्डहरु जस्तै गोल्ड्स्टार, अमेरिकन टुरिस्टर, टाइटन्, बाल्ट्रा, शियोमी, मेबलिन्, कन्वर्स्, रङ्गोलि, लोरिअल पेरिस, सलाना र अन्य ब्राण्डहरु आकर्षक बार्गेन डिलमा प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL