यसरी झुपडी तिर सर्नेछन् विश्वका एक तिहाई जनसंख्या

काठमाडौं । चाँडै नै मानवताको एकतिहाइ जनसंख्या झुपडियुक्त क्षेत्रमा बस्नेछ । हाम्रा हालका शहरहरु खण्डितको बाटोमा लम्कदै छन ।
त्यस्तै ९० प्रतिशतभन्दा बढी शहरीकरण यस्ता स्लम सिटीले गर्दा बढेको देखिन्छ । यो शताब्दिको अन्त्यसम्म टोक्यो, लण्डन जस्ता विश्वका ठुला शहर चुम्बकिय शहरको रुपमा रहने छैनन् । जुन एसिया तथा अफ्रिका बन्ने छ जुन हालका महानगर भन्दा निकै ठूलो बन्ने छ ।

यसै सन्दर्भमा लागोसका जनसंख्या ८ करोड ८० लाख, ढाकाको ७ करोड ६० लाख,किन शासाको ६ करोड ३० लाख हुने अनुमान गरिएको छ । जसले विश्वलाइ मौलिक रुपमा पुनर्संरचनाको दिशा तिर धकेल्नेछ ।

के हुन्थ्यो होला यदी हामीलाइ अहिलेको युगलाइ फिट हुने कुनै शहर भइदिएको भए ? एउटा जो हामीले देखेको भन्दा धेरै हलुका तथा समयानुकुल भएको भए । यदि हाम्रो शहरको भविष्य कुनै शहरभित्रको झुपडियुक्त गरिव बस्तिको पुनर्साेच भएको भए के हुन्थ्यो होला ?

दिगो, चलाएमान तथा जीवित जस्ता महत्वपुर्ण शब्दहरुले विशेषगरी शहरका भविष्यका बारेमा इगिंत गर्छ । अझ अहिले शहरको औपचारिक धारणा प्रचुर मात्रामा परीवर्तन भइ ठुलो तथा आर्थिक समृद्धितिर जाड दिन थालिएको छ ।

एसिया तथा अफ्रिकामा ठुला शहरका अगुवाहरुले आफ्नो शहरको समाधानका बिषयहरु खोजिरहेका छन । यदि तिनिहरुले आफ्नो शहरको प्राय भाग स्लम क्षेत्रमा पाए भने के होला ?स्लम बस्तीहरुले शहरी जीवनको नयाँ द्धृष्टिकोणमा ह्वाइट स्पेश सिर्जना गर्दछन । जसले माइक्रो सिटिको मुल धारणा उब्जाउछन ।

स्लमहरु गडबड हुनुहुदैन र समस्यामा पर्नु हुदैन । तिनीहरु सम्पति हुुन सक्छन । मानव स्तरको शहरी जीवन पद्दतिलाइ हेर्दा तथा पंक्षि द्धृष्टिले हेर्दा हामी स्लम क्षेत्रलाइ अझ जिवन्त, सरल तथा हलुका ढाँचामा परिवर्तन गर्न सक्छौं ।

माइक्रोसिटि के हो ?
माइक्रोसिटि शहरी सुधारको एक ढाँचा हो । जसका तिनओट मुख्य तत्वहरु हुन्छन ।
१)अस्तित्वमा रहेको स्लमको रुपान्तरण हो । २) यो एक अर्ध स्वायत्त, निजी स्वामित्व र विशेष क्षेत्र हो । जहाँँ १ लाख बासिन्दाहरु बस्दछन । ३) प्रत्येक माइक्रोसिटि एकीकृत समाधानलाइ ध्यानमा राखि डिजाइन गरिएको हुन्छ । तिनीहरु एसीया, अफ्रीका तथा ल्याटिन अमेरीकाका साना शहरको शहरी प्रयोगशाला हुन । जसले शहरका स्वस्थ्य सेवा, शिक्षा, उर्जा, आदि क्षेत्रमा सहजता ल्याउन मद्धत पुग्दछ ।

शहरी सरकारले ३ वटा मुख्य भुमिका चाल्नुपर्ने देखिन्छ । पहिला, तिनीहरुले परीवर्तन गर्नुपर्ने स्लम क्षेत्रहरु पहिचान गर्न मद्धत पुर्याउनु पर्नेछ । दोस्रोमा उनिहरुले कुनै क्षेत्रका मुख्य सडकहरु का साथै आवश्यक संरचनाहरुको मुख्य धरातलहरु देखाउनपर्नेछ । तेस्रोमा उनिहरुले अर्धस्वायत्त क्षेत्रको रुपमा माइक्रोसिटी स्थापना गर्ने तथा समान रुपमा आर्थिक क्षेत्र, जुन प्रविधि र शासनको अनि नवप्रबर्तनको प्रयोगशालाको रुपमा रहनेछ ।

माइक्रोसिटीको डिजाइनिङमा धेरै सिद्धान्तहरु समावेश छन । पहिलो हामीले उदियमानको सिद्धान्त प्रयोग गरिरहेका छौ । जसले सामान्य नियम र धारणाले कसरी जटिलता बढाउछ भन्ने देखाउछ ।

शहरहरु कसरी विकाश हुन्छन भनि थाहा पाउन हामी विश्लेषण र डिजाइनको तर्क निर्माण गर्दछौं । हामीहरु मानिसलाइ डिजाइनको केन्द«मा राख्दछौं । व्यवहारिक विज्ञानले मानिसले आफ्नो शहरप्रतिको अनुभव कसरी गर्छन भनि सिकाउँछ । अर्काे हामी मोड्युलर, प्लगइनको समाधान जुन शहरी जीवनको प्रयोग गर्र्दै छौं । – जोनाथन हर्ष


फेसबूक कमेन्ट गर्नुहोस्