लकडाउनसँगै बढ्दो कोरोना त्रास : कहाँ चुक्यौ हामी अब के गर्ने ? बैंकर ज्ञवालीको टिप्स

manoj_gyawali

आपद विपद नै नपरेसम्म नआत्तिने र ठूलो छाती भएका हामी गोर्खालीहरु हिजो कोरोना संक्रमित स्वाट्टै बढेर २१७ पुगेपछि बल्ल अली तर्सेका छौ । शुरुवाती देशहरुमा र लकडाउनको पचासौं दिन काटिसक्दा पनी हामीले निम्न गल्ती गरिरह्यौ ।

१. शुरुवाती दिनहरुमै हामी होशियार भएर अन्तरराष्ट्रिय उडान बन्द गरी नाकाहरुमा कडाई गर्नु पर्ने बेला उल्टै भिजिट नेपाल २०२० को प्रचार गरिरह्यौ ।
२.देशमा लकडाउन गर्यो तर भारतवाट जमात का जमात मानीसहरु र धार्मिक गुरु चेलाहरु नेपाल भित्रीने क्रम रोक्न सकेनौ ।
३.पासहरु वितरण भए र कतिपय पेशाकर्मीहरुको परिचय पत्र नै पास बन्यो । पास या पास जस्तै परिचय पत्र हुने पेशाकर्मी काम होस नहोस लखर लखर बाहिर निस्केर भिड़ बढाउन थाले । २ दिन अघि त काठमाण्डौंमा कति ठाँउमा सवारी जाम का तस्वीरहरु पत्र पत्रिकामा देखिए ।
४. बैकिङलाई अत्यावश्यक सेवा भन्दै शुरु मा अलिअलि खोलियों भने पछि त कस्ले बढि शाखा खोलेर बढि कर्मचारी कार्यालय बोलाउने भन्ने होडबाजी नै चल्यो । ग्राहक को जरुरतभन्दा पनि बैंकहरुको घरमै राखेर कर्मचारीलाई तलब दिनु भन्दा कि जबरजस्ती बिदा लिन लगाउने कि बोलाउने मानसिकता हावी भयो । औषधि लिन जांदासम्म प्रहरीले लठ्ठी हान्ने बेलामा ग्राहकलाई बैंिकङ सेवा लिन जान छुट थिएन तर खै कसको लागि हो हामीले बैंकिङ खोल्यौ ।
५. प्रभावित क्षेत्र मै पर्याप्त जाँच भएको छैन हामीहरु संक्रमित संख्या कम छ भनेर बढि ढुक्क भयौ र सोहि अनुसार लकडाउन बिस्तारै खुकुलो पारेर अघि बढ्ने निर्णयमा पुग्यौं ।
६. भारतबाट आउने नाकामा कडाई गर्यों तर खुला सिमाका हजारौ चोर बाटो बाट हजारौं मानिस नेपाल लुकिछिपी प्रवेश गरेको न रेकर्ड न जानकारी रह्यो।
७.शहर तिर अली साबधानी र कडाई भएपनी बाहिर तीर एकदम लापरवाही भएको छ चाहे सुरक्षा अपनाउने कुरामा होस या मान्छेहरु अनाबश्यक भेट्ने कुरामा होस ।
८. लकडाउन जनसाधारण लाई भयो तर अलीकति मात्रै राजनैतिक या प्रशासनिक सम्बन्ध भएका राजनैतिक या धार्मिक नेता वा उनका आसेपासेहरु भारत भरी घुमेर पनी नेपाल पुरै घुम्न भ्याए ।
९. पत्रकार, प्रदर्शनकारी तथा बैंकरहरु कोरोनाप्रूफ छन जस्तै उचित सावधानी बिना आ आफ्नो काममा जुटे । यसको असर अझै देखिन बाँकी नै छ ।
१०. सरकारको ध्यान पुर्णतया कोरोना नियन्त्रणभन्दा अध्यादेश बनाउने र खारेज गर्ने, सरकार परिवर्तन गर्ने र बचाउने, डाक्टरको सरुवा गर्ने, सांसदहरुको हस्ताक्षर संकलन गर्ने अनी अनावश्यक काममा बढि गयो । प्रभावित ठाँउमा टेस्ट किट छैन, कुनै लक्षण देखिएको सबै सांसदको पीसीआर बिधी मै परिक्षण गरी किट सकियो। लडकाउन बाहेक सरकारको कुनै जिम्मेवारी छैन जस्तो देखियो । ब्रह्रासत्र नै लकडाउन घोषणा मानियो । हामी नागरिकको चेतनाको त कुरा गर्नु परेन ।
यसरी एउटा मान्छे नि मरेको छैन । जावो रुघाखोकी त हो भनेर हामीले कोरोनाले हेप्यौ कति जनाले । संक्रमित बढ्दै छन र कति संक्रमित त संक्रमण छ भन्ने थाहा नपाई अरुलाई सार्दै हिडिरहेका छन । हामीलाई हाम्रो स्वास्थ्य सेवा को सीमा र भोली यसै गरी संक्रमित बढेमा बाटो मै ज्यान जान्छ थाहा छ तर पनी संवेदनशीलता मा कमी भयो । रोजनामा कमी भयो । अब निम्न काम गरौं ।
१. प्रभावित जिल्ला र स्थान बिशेषलाई पुरै सिल गरौं । बढि प्रभावित स्थानको सबै स्वास्थ्य स्थितीलाई चेक जाँचलाई कुनै बिलम्ब नगरी रातारात बढाऔं ।
२. भारतले नेपालीहरु फर्कीन खोजेमा लुखुर लुखुर छोड्ने अबस्था छ । उनीहरुलाई चोर बाटो छिरेर गांउ गांउमा संक्रमण फैलाउन दिनु भन्दा आधिकारिक डाटा राखि सिमा क्षेत्र कै होटल, स्कुल, पार्टि प्यालेसलाई क्वारेन्टाईन बनाऔं । क्वारेटाईनको शर्तहरु कडाई बनाउन र उल्लंघन गर्नेलाई जेलकै ब्यबस्था गरौं ।
३. अत्यावश्यक सेवा को नाममा धेरै संघ संस्था खोल्ने काम बन्द गरौं । जीविकोपार्जनका लागि चाहिने न्युनतम सेवा दिने संस्था, स्वास्थ उपचार गर्ने र हिडडुल गर्ने पर्ने वाहेकलाई आवतजावत बन्द गरौ । यस्तै आवश्यक संस्थाका कर्मचारी पनि आवश्यक परेमा बोलाईने शर्तमा घर मै राखैं ।
४. कम्प्युटर बाटै, फोन बाटै सम्पन्न हुन सक्ने र अनलाइन मिटिङबाटै सम्पन्न हुन सक्ने कामको लागी पनि लखर लखर गर्दै आउ भनेर अफिस मै बोलाउने प्रवृति बन्द गरौं ।
५. भारतमा बढ्दो संक्रमण हामीलाई सबैभन्दा बढि खतरा हो । बढि प्रभावित क्षेत्रका नाका र चोर बाटोहरुमा कडाई गरौं ।
६ . अत्यावश्यक काम पारेर निस्किनै पर्ने अबस्था बाहेक बाहिर ननिस्किउ ।
७. कोरोना राहतको नाममा जहाँ पारो त्यही जाने गरी कुनै कोष र संस्थाको पैसा बितरण गर्ने गरी राज्य र नियामकले निर्दैशन नदेओस । जती हुनसक्छ रकम एउटा कोषमा राखौं, पहिला स्वास्थ र गासबासको लागि जोहो गरिने रकम अनुमानित छुट्याई, प्रभावित व्यक्ति र प्रभावित क्षेत्रको सहि तथ्याङ्क संकलन गरी बचाउने कुरालाई प्राथमिकतामा राखी राहत नगद मै दिऊ ।
८. प्रभावित क्षेत्र या स्थानमा भेटघाट गरी प्रभाव नभएको ठांउमा आउने नागरिकले स्थानीय निकायमा अनिवार्य सूचीकरण गराउनु पर्ने र स्व क्वारेन्टाईनमा बस्नु पर्ने । यतिमात्र साबधानी नअपनाएर कोरोना संक्रमणको कारक बन्ने नागरिकलाई अपराध कायम गरी सजाय घोषणा गरौं। यति नगरे सम्म हामी यस्तै त हो नि..।
९. स्वास्थ मन्त्रालयले स्वास्थ्य सम्बन्धी उपकरणहरु, टेस्ट किन र अन्य ब्यबस्थाको सही तथ्याङ्क राखी अनी सार्वजनिक पनी गरोस ।
१०. एकला अर्को को जिम्मेवारी देखाउदै पन्छिने र गाली गर्ने होईन । हरेक परिवार र हरेक नागरिक जिम्मेवार होऔं ।
कोरोनालाई नहेपौ । कोरोनाको संख्या यसरी नै बढ्यो भने घर मै मर्नु को बिकल्प हुने छैन । भेन्टिलेटर होईन अस्पतालमा बेड पाईनेवाला छैन । अहिले बाच्नु र बचाउनु पहिलो प्राथमिकता हो । संवेदनशील, संयमित र दूरदर्शी होऔं ।
(उक्त टिप्स बैंकर ज्ञवालीको फेसबुक पेजबाट साभार)


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status