Logo

मानसिक स्वास्थ्यलाई ध्यान दिन शारीरिक ब्यायाम, १२ लाख मानिस र ७५ विकल्पबाट निकालियो निष्कर्ष

मानसिक स्वास्थ्यलाई ध्यान दिन शारीरिक ब्यायाम, १२ लाख मानिस र ७५ विकल्पबाट निकालियो निष्कर्ष



काठमाडौं । हामीले शारीरिक ब्यायाम शारीरिक तथा मानसिक स्वास्थ्यका लागि महत्वपुर्ण हुन्छ भनेर गर्दै आएका छौं । तर एक अध्ययनले शारीरिक ब्यायाम शारीरिक भन्दा मानसिक स्वास्थ्यका लागि धेरै महत्वपुर्ण रहेको पत्ता लगाएको छ ।

अमेरिकाको अक्सफोर्ड विश्वविद्यालयका बैज्ञानिकहरुले हालै ‘द लानसेन्ट’ भन्ने म्यागेजिनमा उक्त कुराको पुष्टी गरेका हुन । बैज्ञानिकहरुले अमेरिकाका १२ लाख मानिसमाथी गरेको अध्ययनमा उक्त तथ्यको पुष्टी भएको जानकारी दिएका छन ।

अध्ययनका सहभागिहरुलाई तपाईँले पछिल्लो ३० दिनमा डिप्रेशन, थकाई, तनाव, तथा अन्य कारणले कति दिन जति मानसिक रुपमा अस्वस्थ हुनुभयो भनेर प्रश्न गरिएको थियो । यस्तै उक्त अध्ययनमा सहभागिहरुलाई उनीहरुको आय तथा शारीरिक क्रियाकलापका बारेमा पनि प्रश्न सोधिएको थियो । उनीहरुलाई सोधपत्रमा बच्चा रेखदेख गर्ने, घरको काम, साईक्लिङ गर्ने, दौडने लगायत गरी ७५ प्रकारका कामहरुको विकल्प राखिएको थियो ।

उक्त अध्ययन पछि वैज्ञानिकहरुले साधारणतया दैनिक ब्यायाम तथा शारीरिक कसरत गर्ने मानिहरु बर्षमा १८ दिन र ब्यायाम तथा कसरत नगर्ने मानिसहरु बर्षमा ३५ मानसिक रुपमा अस्वस्थ हुने पत्ता लगाएका हुन ।

वैज्ञानिकहरुले उक्त अध्ययनमार्फत शारीरिक रुपमा सक्रिय मानिसले अन्य मानिसको भन्दा राम्रो सोचाई राख्ने र सकारात्मक सोचाईका हुने समेत पत्ता लगाएको छन । उनीहरु २५ हजार डलरभन्दा बढि आम्दानी समेत गर्ने गरेको अध्ययनले देखाएको छ ।

उक्त अध्ययनले मानिसले जती धेरै पैसा कमाउँदा सोच्छ त्यही अनुसार कमाउन सक्यो भने पनि खेलले दिएको सन्तुष्ट जती सन्तुष्टी प्राप्त गर्न नसक्ने देखाएको छ । तर यसको मतलव यो पनि होईनकी तपाई जती धेरै शारिरिक क्रियाकलाप या कसरत गर्नुहुन्छ त्यति धेरै खुसी आउँछ ।

उक्त अध्ययन प्रतिवेदनका लेखकका अनुसार मानसिक भार परिरहेको बेलामा शारीरिक ब्यायामको सम्बन्ध अंग्रेजी अक्षर ‘u’ आकारको हुन्छ । मानसिक स्वास्थ्यका लागि शारीरिक ब्यायामको भरपुर फाईदा एक निश्चित आवश्यक समयमा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL