Logo

१८० बिलियन डलरको टिकटकमाथि घेराबन्दी, चिनियाँ स्वामित्व अमेरिकी कम्पनीको हातमा जाँदैं

१८० बिलियन डलरको टिकटकमाथि घेराबन्दी, चिनियाँ स्वामित्व अमेरिकी कम्पनीको हातमा जाँदैं



काठमाडौं । पछिल्लो समय चर्चित भिडियो सेयरिङ एप टिकटकमाथि संकटको कालो बादल मडारिएको छ । ८ सय मिलियन भन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको र अर्को प्रतिस्पर्धी नरहेको यो एपको कमाई निकै उच्च र राम्रो रहेको छ ।

laxmi

तर, चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्वमा रहेको टिकटकमाथि अहिले चर्को घेराबन्दी भएको छ । अघिल्लो वर्ष टिकटकको स्वामित्व रहेको बाइटडान्सले ३ अर्ब डलर आम्दानी गरेको ब्लुमबर्गको प्रतिवेदनमा उल्लेख छ । यस्तै यसको मूल्य ११० अर्ब डलरदेखि १८० अर्ब डलरसम्म हुनसक्ने विश्लेषकहरुले गरेका छन् ।

विश्वकै ठूलो बजार भारतले दुईदेशको विवादबीच टिकटकमाथि प्रतिबन्ध लगाएपछि निराश भएको कम्पनीमाथि अहिले अमेरिका जापानसहितका देशसमेतले प्रतिबन्ध लागउने भन्दै घेराबन्दी नै शुरु गरेका छन् ।

यसैबीच अमेरिकाले टिकटक अमेरिकी कम्पनिलाई बेच्न दबाब दिएको मिडिया रिपोर्ट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइटडान्सलाई टिकटकको अमेरिकी अप्रेसन बिक्रि गर्न एक अर्डरमा हस्ताक्षर गर्नसक्ने सिएनएनले उल्लेख गरेको छ । सुरक्षाको कारण देखाउदै टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै राष्ट्रपति ट्रम्पमाथि दबाब बढिरहेको छ ।

चारैतिरबाट दबाब बढेपछि टिकटक निर्माण कम्पनि बाइटडान्सले आफ्नो सेयरको प्रमुख हिस्सा बिक्रि गर्नेबारे छलफल शुरु गरेको छ । रिपोर्टका अनुसार माइक्रोसफ्टले टिकटकको सेयर किन्न छलफल थालेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । माइक्रोसफ्टले आधिकारिक रुपमा यसबारेमा टिप्पणी नगरेपनि टिकटकलाई किन्न माइक्रोसफ्ट अगाडि बढेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।

अमेरिकासहितका देशले टिकटक प्रयोगकर्ताका डाटा सुरक्षित नभएको आरोप लगाउदै चीनले प्रयोगकर्ताको सूचना लागिरहेको आरोप लगाइरहेका छन् । तर टिकटकले भने आफ्नो सर्भर अमेरिकामै रहेको र सिंगापुरमा ब्याकअप सर्भर रहेको बताउँदै आएको छ ।

चीन सरकारसँग टिकटकको डाटामा पहुँच नभएको दाबी गर्दै टिकटकले अन्तर्राष्ट्रिय रुपमा विश्वास दिलाउन हङकङमा नयाँ साइबर सुरक्षा कानून लागु हुनासाथ अघिल्लो महिना आफ्नो अप्रेशन बन्द गर्ने निर्णय गरेको थियो ।

विश्वका ४० भाषामा उपलब्ध यो शर्ट भिडियो सेयरिंग एप टिक टकका अहिले ८ सय मिलियनभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन् । यो एप अहिलेसम्म २ बिलियनभन्दा बढी पटक डाउनलोड भएको छ ।

साथै यो एप्पलको एप स्टोरमा सर्बाधिक डाउनलोड भएको एप टिकटक हो । एप स्टोरमा यो ३३ मिलियन डाउनलोड भएको छ । टिकटकका अहिले प्रतिबन्ध रहेको भारतमा मात्र ६११ मिलियन प्रयोगकर्ता रहेका छन् भने चीनमा १९७ मिलियन र अमेरिकामा १६५ मिलियन प्रयोगकर्ता रहेका छन् । – विभिन्न अन्तराष्ट्रिय मिडियाका सामग्रीमा आधारित

प्रतिक्रिया दिनुहोस्
MBL