Logo

जीवनमा पैसा ठूलो कि मित्र ? एक मित्रले अर्को मित्रलाई दिए चिठ्ठामा परेको १ अर्ब ३५ करोड रुपैयाँ

जीवनमा पैसा ठूलो कि मित्र ? एक मित्रले अर्को मित्रलाई दिए चिठ्ठामा परेको १ अर्ब ३५ करोड रुपैयाँ



काठमाडौं । जीवनमा पैसा ठूलो कि मित्र ? सोच्नुहोस, किनकी अमेरिकामा दुई वृद्ध मित्रहरुको मित्रता थाहा पाएपछि तपाईले पैसा बिर्सनु हुनेछ । घटना अमेरिकाको विस्किन्सन राज्यको हो ।

laxmi

जहाँ करीब ३ दशक पहिले दुई साथी टोम कुक र जोसेफ फेनीले एउटा अनौठो बाचा गरेका थिए कि यदि ति दुई मध्ये जोसुकैले पावरबल चिठ्ठा जितेपनि पुरस्कारको रकम आधा–आधा बाँडनेछन् ।
दुवैको यो बाचा २८ वर्षपछि पूरा भएको छ ।

गत महिना मेनोमनीमा कुकलाई चिठ्ठा अन्तरगत २२ लाख मिलियन डलर (करीब २ अर्ब ७० करोड नेपाली रुपैयाँ) को चिठ्ठा (ज्याकपोट) पर्यो ।

आफुलाई चिठ्ठा परेसँगै कुकले २८ वर्षअघिको बाचाअनुरुप आफ्नो साथी फेनीलाई आधा रकम लिन आउन बोलाए । शुुरुमा त फेनीले यसलाई विश्वास गर्नै सकेनन् र भने–‘तिमि मसँग मजाक गर्दै छौं ? कुकले भने–‘साथी बाचा भनेको बाचा नै हो ।’ यसले फेनीलाई निकै भावनात्मक बनायो ।

यी साथीहरुमध्ये फेनी पहिले नै सेवा निवृत्त भइसकेका छन् र कुकले पनि चिठ्ठा जितेपछि रिटायर्ड भएका छन् । उनी भन्छन–‘अबको जीवन परिवार र साथीहरुसँग भ्रमणमा बिताउने सोचेको छु ।’ -नवभारत टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्
MBL