Logo

बेलायतमा हुवावेको तालिम केन्द्र, एक पटकमा २० जनालाई तालिम दिइने

बेलायतमा हुवावेको तालिम केन्द्र, एक पटकमा २० जनालाई तालिम दिइने



काठमाडौं । चीनको विशाल प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५ जी तालिम केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रमार्फत बेलायतमा ५ जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम प्रदान गरिनेछ ।

केन्द्रमा एक पटकमा २० जनालाई तालिम दिन सकिने कम्पनीले जानकारी दिएको छ । प्रत्येक तालिमका प्रशिक्षार्थीलाई पाँच दिनको तालिम दिइने र यसमा ५जी प्रविधि, आधुनिक नेटवर्क इन्जिनियरिङका सिद्धान्त एवं ५जी नेटवर्कका उपकरणको जडानबारे व्यवहारिक ज्ञान दिने भएको छ ।

हुवावेका अनुसार केन्द्र पूर्णरुपमा सञ्चालनमा आएपछि ५जी प्रविधिसँग सम्बन्धित १ हजार नेटवर्क इन्जिनियरलाई प्रशिक्षण दिइनेछ ।

हुवावे बेलायतका निर्देशक सर एन्डु काहनले बेलायतमा उच्च गतिको ५जी नेटवर्कसँग सम्बन्धित इन्जिनियरको खाँचो रहेको र तालिम केन्द्रले उक्त अभाव पूरा गर्ने विश्वास व्यक्त गरेका छन/ रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL