Logo

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला ?

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला ?




काठमाडौं । बैङ्क अफ इङल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिएका छन । कार्नीले हालै केन्द्रीय बैङ्करहरूको ज्याक्सन होल सिम्पोजियममा अमेरिकी डलरको विश्वव्यापी आधिपत्य जोगाउन केही सुझावहरु दिएका छन ।

यहाँ किन अमेरिकी हरियो नोटले आफ्नो चमक गुमाउँदैछ र कार्नीको नयाँ डिजिटल मुद्रासम्बन्धी दृष्टिकोण के हो भन्नेबारे संक्षिप्त आँकलन गरिएको छ । कार्नीको नयाँ डिजिटल मुद्रासम्बन्धी दृष्टिकोणलाई विश्वका प्रमुख केन्द्रीय बैङ्कहरूले समर्थन गर्ने विश्वास गरिएको छ ।

डलरको वर्चस्व किन ?

सन् १९४४ को ब्रेटन वुड्स सम्झौतापछि अमेरिकी डलरलाई विश्वकै सन्दर्भ मुद्राका रुपमा लिँइदै आएको छ, र त्यतिबेला विभिन्न प्रमुख एकाईहरुलाई हरियो नोटसँग सामान्जस्य बनाइएको थियो । त्यसयता, संयुक्तराज्य अमेरिकाको आर्थिक र राजनीतिक शक्तिका कारण डलरले विश्वव्यापी वर्चस्वलाई कायमै राखेको छ ।

‘प्रमुख मुद्राले सधैँ विश्वको सबैभन्दा ठूलो राजनीतिक शक्तिको मान्यता हासिल गरेको हुन्छ,’ , ओस्ट्रम एसेट म्यानेजमेन्टका अनुसन्धान प्रमुख फिलिप विच्टरले उल्लेख गरे ।

अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०१९ को पहिलो त्रैमासिकमा विश्वव्यापी विदेशी विनिमय सञ्चितिको करिब ६२ प्रतिशत हिस्सा डलरको थियो ।

युरोपेलीको एकल मुद्रा यूरोको २० दशमलव २ प्रतिशतसहित दोस्रो स्थानमा थियो । जबकि अमेरिकापछि विश्वको दोस्रो सर्वाधिक ठूलो अर्थतन्त्रको रूपमा उदय भएपनि चिनियाँ युआनले दुई प्रतिशतमात्र हिस्सा ओगटेको छ ।

हरियो नोटको आकर्षण किन खस्कदैछ ?

विश्वव्यापीकरण र परिवर्तित विश्व अर्थव्यवस्थाका कारण अमेरिकी डलरले आफ्नो चमक गुमाएको देखिए पनि डलरको व्यापक स्वीकार्यताले अझै पनि विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेकै छ ।

‘व्यापार र अमेरिकी अर्थतन्त्रसँग सापेक्षित रुपमा सीमित प्रत्यक्ष जोखिमबाट मुलुकहरुको वित्तीय अवस्था दुवैमा अमेरिकी विकासले अत्यावश्यकीय प्रभाव सिर्जना गरिरहेको छ,’ वाओमिङमा हालै बैङ्करहरूसँगको भेटमा कार्नीले भने ।

जब डलरको अधिमूल्यन हुन्छ, जसबाट कैयौँ उदीयमान मुलुकहरूको पुनर्भुक्तानीमा पनि अधिमूल्यन हुन्छ किनभने ती मुलुकहरूले डलरमै ऋण भुक्तानी गर्नु पर्दछ ।

सन् २०२० को जनवरीबाट पदमुक्त हुन लागेका गभर्नर कार्नीले भने, ‘पछि गएर हामीले यो खेललाई बदल्नै पर्दछ ।’

केन्द्रीय बैङ्कको भूमिका ?

कार्नीका अनुसार केन्द्रीय बैङ्कको रूपमा सरकारले नयाँ भर्चुअल मुद्राका लागि सर्वोत्कृष्ट व्यवस्था गर्नुको विकल्प छैन ।

‘सार्वजनिक क्षेत्र सम्भवतः केन्द्रीय बैङ्कहरुको सञ्जाल मार्फत डिजिटल मुद्रा ९क्रिप्टोकरेन्सी० लाई खुला प्रचलनमा ल्याउन सक्लान् त भन्ने यो एउटा खुला प्रश्न हो’, कार्नीले भने ।

फेरि पनि केन्द्रीय बैङ्करहरू र विश्वका नेताहरू क्रिप्टोकरेन्सीको वर्तमान खेतीप्रति चिन्तित रहेका छन् किनकी तिनीहरू अवैध र अनियन्त्रित छन् ।

डलरजत्तिको भरपर्दो नभएको र कुनै स्थायी वा निर्भरता नभएकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँले बिटकोइन र फेसबुकले चलनचल्तीमा ल्याउन खोजेको लिब्राको आलोचना गरेका छन ।

विश्वको प्रमुख सञ्चित मुद्राको रूपमा विश्वभर बर्चश्व कायम राखेको हरियो नोटको प्रतिष्ठा र लोकप्रियता खस्कियोस् भन्नेमा अमेरिका पक्कै छैन । विश्वका प्रबुद्ध टिप्पणीकारहरु अमेरिकाले डलरको बर्चश्व जोगाउन भरमग्दुर प्रयत्न गर्नेमा विश्वस्त छन् ।

‘कुनै लडाइँबेगर अमेरिकाले यस्तो गर्ने अनुमति अरुलाई दिने छैन । कोही पनि अहिल्यै अमेरिकासँग लड्न इच्छुक देखिँदैन,’ राबोबैङ्कका विश्लेषकहरूले बताए ।

लिब्राको भविष्य के हुनेछ ?

गभर्नर कार्नीले जुन महिनामा सामाजिक सञ्जाल फेसबुकले सार्वजनिक गरेको लिब्रा नामको क्रिप्टोकरेन्सीको उदाहरण दिए ।

कार्नीले बिटकोइनका बारेमा केही भनेनन । समकालीन विश्वमा यो सबैभन्दा लोकप्रिय डिजिटल मुद्रा हो तर यसमाथि विश्वासको संकट छ ।

सन् २०२० को पहिलो छ महिनामा प्रयोगमा ल्याउने उद्देश्य रहेको लिब्रालाई बिटकोइन र अन्य भर्चुअल मुद्राजस्तै अनियन्त्रित घटबढबाट बचाउन जरुरी छ । यहाँ विश्व बजारमा लिब्राको प्रवेशले केन्द्रीय बैङ्कहरूको भूमिकालाई पुनः आकर्षित गरेको छ ।

‘केन्द्रीय बैङ्कहरू परिवत्र्य मुद्रालाई निजीकरण गर्ने फेसबुकको प्रयासबाट केही क्रुद्ध बनेका छन्’, पेरिस स्कूल अफ इकोनमिक्सका अनुसन्धाता एग्नेस बेनासी–क्वेरले भने ।

लिब्रा फेसबुकसहित १०० साझेदार फर्महरूद्वारा सह–व्यवस्थित हुनेछ जबकि बिटकोइन पूर्ण रुपमा विकेन्द्रीत छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL