Logo

कामपाद्वारा सिंहदरबार मुख्य प्रवेश द्वारको सफाइ

कामपाद्वारा सिंहदरबार मुख्य प्रवेश द्वारको सफाइ



काठमाडौं । शुत्रबार काठमाडौं महानगरले सिंहदरबार प्रवेश गर्ने मुख्य द्वारको सरसफाइ गरेको छ । देशकै मुख्य प्रशासनिक सचिवालय प्रवेश गर्ने मुल ढोकाको माथिल्लो भागमा झार पलाएको, भुइँमा लेउ लागेकोले सरसफाइ गरिएको हो ।

laxmi

ढोकाको माथिल्लो भागको सफाइका लागि शुरुवातमा डबल एक्स्टेन्सन ल्याडर (ग्राउन्ड ल्याडर) प्रयोग गरिएको थियो । त्यो भ¥याङ्बाट ढोकाको शिरसम्म पुग्न नसकिने र सुरक्षित नभएकोले दकमलबाट एरियल (टर्नटेबल) ल्याडर मगाएर माथिल्लो भागमा पलाएको झार उखेलिएको थियो ।
ढोकाको बाहिरपट्टिको खाली जमिनमा बिछ््याइएका इटामाथि लेउ लागेर चिप्लो भएको थियो भने झार पलाएर ढोकाका आकर्षण घटेको थियो । वातावरण व्यवस्थापन बिभाग करीब ४० जना जनशक्ति खटाएर भुइँको लेउ खुर्किने, झार उखेल्ने, सतह ढल र मंगाल सफाइ गरिएको थियो । सरसफाइपछि संकलित फोहोर ट्रान्सफर स्टेशन पठाइएको थियो भने जेटको प्रयोग गरेर पखालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL