Logo

प्रतिनिधिसभा विकास समितिद्वारा धरहरा, काष्ठमण्ड र रानीपोखरीको अवलोकन (फोटाफिचर)

प्रतिनिधिसभा विकास समितिद्वारा धरहरा, काष्ठमण्ड र रानीपोखरीको अवलोकन (फोटाफिचर)



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति र सदस्यहरुले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन गरेका छन् ।

laxmi
प्रतिनिधिसभा विकास समितिद्वारा धरहरा, काष्ठमण्ड र रानीपोखरीको अवलोकन

समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज ती क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी लिएको हो ।

अवलोकनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सभाहलमा समिति सदस्यहरुले प्रबलीकरण भइरहेको मुख्य प्रशासनिक भवन सिंहदरबारको पछिल्लो अवस्थाबारे जानकारी लिए ।

समिति सभापति खड्काले विभिन्न समस्याको बाबजुद सन्तोषजनक ढंगले पुनर्निर्माण जारी रहेकोमा खुशी व्यक्त गरेकी छन् । उनले पुनर्निर्माणमा रहेका समस्या समाधानका लागि समितिले सहयोग गर्ने बताईन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अवलम्बन गर्दै धरहरा, रानीपोखरी, सिंहदरबार लगायतमा पुनर्निर्माणका कार्यहरु अघि बढाएको बताएका छन् ।

उनले संसदका समितिबाट प्राप्त सुझाव तथा निर्देशनहरुले पुनर्निर्माणका कार्यहरु गर्न थप सहयोग पुगेको धारणा व्यक्त गरे ।

प्रतिनिधिसभा विकास समितिद्वारा धरहरा, काष्ठमण्ड र रानीपोखरीको अवलोकन


प्रतिक्रिया दिनुहोस्
MBL