Logo

मेलम्ची आयोजना र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच सम्झौता, याङ्ग्री लार्केको पानी ल्याउन सहज

मेलम्ची आयोजना र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच सम्झौता, याङ्ग्री लार्केको पानी ल्याउन सहज



काठमाडौं । मेलम्ची खानेपानी आयोजना र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच सम्झौता भएको छ । दोस्रो चरणअन्तरगत याङ्ग्री लार्के आयोजना कार्यान्वयन गर्न गाउँपालिकासँग सम्झौता गरेको आयोजनाले जानकारी दिएको छ ।

दोस्रो चरणअन्तरगत ३४ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउँदा प्रभावित हुने स्थान र जनताले के–के सुविधा पाउने भन्ने विषयमा केही विवाद कायम थियो । अब त्यो विवाद अन्त्य भएपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने काम सम्पन्न भएको हो । दुवै नदीबाट पानी पठाएवापत प्रभावित जनताले पाउने सुविधाका सम्बन्धमा गाउँपालिका र सरोकार समितिकातर्फबाट नौ वटा माग प्रस्तुत गरिएको र ती माग पूरा गर्न समितिले सहमति जनाएपछि यो सम्झौता भएको हो ।

आयोजना कार्यान्वयन गर्दा स्थानीय सरकार तथा समुदायमा विश्वासको वातावरण सिर्जना हुने र आयोजना समयमै सम्पन्न हुने आधारशिला तय हुने उदेश्यले मेलम्ची खानेपानी विकास समितिका तर्फबाट समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र गाउँपालिका अध्यक्ष टासी लामाबीच सोही क्षेत्रका सांसद शेरबहादुर तामाङ र सामाजिक विकासविज्ञ शम्भुप्रसाद कट्टेलको रोहबरमा सो सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

याङ्ग्री लार्के सरोकार समिति, गाउँपालिका र समितिबीच पटक–पटक भएको छलफलपश्चात यो सम्झौता भएपछि अब दोस्रो चरणको कामले गति लिने र समयमै आयोजना सम्पन्न हुने आयोजनाले विश्वस लिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL