Logo

अर्थमन्त्री भन्छन–‘विमानस्थल, रेलवे र फास्ट ट्रयाक निर्माणको लागि स्रोतको अभाव हुन दिदैनौं’

अर्थमन्त्री भन्छन–‘विमानस्थल, रेलवे र फास्ट ट्रयाक निर्माणको लागि स्रोतको अभाव हुन दिदैनौं’



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले विमानस्थल, रेलवे र फास्ट ट्रयाक निर्माणको लागि सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका काठमाडौं–तराई जोड्ने निर्माणाधीन द्रुतमार्ग (फास्ट ट्रयाक) र प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलको बाराको निजगढमा अवलोकन भ्रमण गर्दै सो कुरा बताएका हुन् ।


अर्थमन्त्री खतिवढाले निरीक्षण भ्रमणका क्रममा धनुषाको जनकपुरधाममा निर्माण हुदैं गरेको रेल मार्ग र स्टेशनको निरिक्षण पनि गरेका थिए ।

सो अवसरमा मन्त्री खतिवडाले आयोजना सञ्चालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL