Logo

सरकारलाई मेलम्ची खानेपानी आयोजनाको जानकारी–मेलम्चीको पानी असार मसान्तमा घर–घरमा पुर्याउन सकिँदैन

सरकारलाई मेलम्ची खानेपानी आयोजनाको जानकारी–मेलम्चीको पानी असार मसान्तमा घर–घरमा पुर्याउन सकिँदैन



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले चालु आर्थिक बर्ष भित्रै काठमाडौंबासीलाई खानेपानी वितरण गर्न नसकिने जानकारी दिएको छ ।

laxmi

सरकारले भने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै चालु आर्थिक बर्ष भित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने घोषणा गरेको छ । तर आयोजनाले भने अहिले बिभिन्न चरणका कामहरु भईरहेकाले तत्काल पानी ल्यान नसकिने जानकारी दिएका हुन ।

बजेटमा ‘आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने बताएको छ । तर आयोजनाले भने लकडाउनको समयमा समेत २ सय जना कामदारमार्फत निरन्तर काम गरे पनि चालु आवमा काम सम्पन्न गर्न कठिनाई हुने जानकारी दिएको छ ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले भने आगामी आवको साउन अन्तिमसम्ममा काम सम्पन्न गर्ने र भदौ देखि भने पानी आउन सक्ने बताए । ‘सुरुङको काम अन्तिम चरणमा पुगेको छ, सुरुङको काम सम्पन्न भए पछि मात्रै परीक्षण गर्ने छौं यदी परीक्षण सम्पन्न भयो भने बल्ल सुन्दरीजलमा पानी खसाल्ने काम हुन्छ’, उनले भने, ‘सुन्दरीजलमा पानी झरे पछि विस्तारै वितरणको प्रकृया अघि बढाउन सकिन्छ ।’

‘२७ किलो मिटर लामो सुरुङमा पानी भर्न समय लाग्छ’, उनले भने, ‘उक्त सुरुङमा पानी भर्न कम्तिमा पनि १७ दिन लाग्छ फेरी खाली गर्न पनि सोही अनुसारको समय लाग्ने हुन्छ, पानी भरेर खाली गर्ने मात्रै होईन केही दिन पानी पाईपमानै राख्नु पर्ने हुन्छ ।’ पन्तका अनुसार पाईमा पानी हालेर खाली गर्न मात्रै करिब ४०÷४५ दिनको समय लाग्ने देखिन्छ ।

हाल सो क्षेत्रमा सुरुङको फिनिसिङको काम सम्पन्न भए पनि ‘अडिट सुरुङमा गेट जडान र परीक्षणको काम सकिएकै छैन, सुरुङभित्र अनुगमनका लागि जोड्नुपर्ने प्रविधिको काम पनि अपुरै छ,’ पन्तले भने, ‘अनुगमन प्रविधिको लागि स्पेन र गेटका लागि भारतबाट प्राविधिकहरु आउनुपथ्र्यो, तर लकडाउनका कारण त्यो सम्भव छैन । अब त्यो काम गर्नसक्ने कोही नेपाली प्राविधिक छन् कि भनेर खोजिरहेका छौं ।’

त्यस्तै अनुगमनको कामहरु भईरहेको र हेडवक्सको कामसमेत अगाडी बढाई रहेको आयोजनाले जानकारी दिएको छ । खानेपानीमन्त्री बीना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत स्वेतपत्र जारी गर्दै मेलम्चीको पानी असार मसान्तसम्म काठमाडौंमा आइपुग्ने दावी गरेकी थिइन् ।

तर, आयोजनाले भने साउनबाटै काठमाडौंमा खानेपानीको वितरण गर्न कुनै पनि हालतमा सम्भव नरहेको जानकारी दिएको छ । सरकारले आयोजनाको दोस्रो चरणको निर्माण कार्य शुरु गर्न आगामी वर्षको लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL