Logo

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, दुई बर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको पुष्टि

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, दुई बर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको पुष्टि



काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बाजुरामा दुई बर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएपछि मृत्यु हुनेको संख्या ८ पुगेको हो ।

laxmi

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोभिड–१९ का कारण मृत्यु भएको खुलेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाइएको थियो ।

बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको आइसोलेशनमा राखिएकी बालिकाको अवस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेशनमा जेठ १५ गते साँझ राखिएको थियो । ८ दिन अगाडि उनको परिवार भारतबाट आएका थिए ।

बालिकाको मृत्यु कोभिड–१९ कै कारण मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL