Logo

आन्तरिक र बाह्य उडान जेठ अन्तिमसम्म बन्द, सिमानाका पनि बन्द हुने

आन्तरिक र बाह्य उडान जेठ अन्तिमसम्म बन्द, सिमानाका पनि बन्द हुने



काठमाडौं । सरकारले आन्तरिक तथा अन्तरराष्टिय हवाई उडान जेठ ३२ गतेसम्म बन्द गर्ने भएको छ । यस अघि जेठ १८ गतेसम्म रोक लगाएको भए पनि हाल उक्त अवधि जेठ ३२ गतेसम्म पुर्याएको हो ।

बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई उडानबारे निर्णय गरेको थिएन ।

समितिको मंगलबार बसेको बैठक पनि विदेशमा समस्यामा परेका नागरिकहरुको उद्दारबारे छलफलका लागि बोलाइएको थियो । समितिको बैठकले हवाइ उडानका साथै सीमा नाकासमेत जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । मंगलबार बसेको समितको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL