Logo

कोरोना संक्रमण : ज्यान गुमाउनेको संख्या ५० हजार नजिक, संक्रमितको संख्या साढे ८ लाख नाघ्यो

कोरोना संक्रमण : ज्यान गुमाउनेको संख्या ५० हजार नजिक, संक्रमितको संख्या साढे ८ लाख नाघ्यो



काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाईरस) कारण झण्डै ५० हजार जनाले ज्यान गुमाईसेका छन । विश्वका १ सय २ देशमा फैलिएको उक्त भाईरसले हालसम्ममा ४२ हजार १ सय ५१ जनाले ज्यान गुमाईसकेको ओल्डमिटर्सको तथ्याङ्कले देखाएको छ ।

laxmi

उक्त तथ्याङ्क अनुसार हाल सम्म ८ लाख ५८ हजार ६ सय ७४ जनामा कोरोना संक्रमित देखिएको छ भने उपचार पछि घर फर्कनेको संख्या १ लाख ७८ हजार ९९ जना पुगेको छ । विश्वमा सबै भन्दा बढी संक्रमितको संख्या अमेरिकामा रहेको छ भने मृत्यु हुनेमा ईटालि रहेको छ ।

अमेरिकामा संक्रमितको संख्या १ लाख ८८ हजार ५ सय ३० जना रहेको छ भने मृत्यु हुनेको संख्या ३ हजार ८ सय ८९ जना रहेको छ । इटालीमा भने संक्रमितको संख्या १ लाख ५ हजार ७ सय ९२ जना भए पनि मृत्यु हुनेको संख्या भने १२ हजार ४ सय २८ जना पुगिसकेको छ । त्यस्तै स्पेनमा संक्रमितको संख्या ९५ हजार ९ सय २३ जना पुगेको छ भने मृतकको संख्या ८ हजार ४६४ जना पुगिसकेको छ ।

संक्रमितको आधारमा चौथो नम्बरमा रहेको चीनमा ८१ हजार ५ सय १८ जना संक्रमित रहेका छन भने मृतकको संख्या ३ हजार ३ सय ५ जना रहेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या ३ हजार ५ सय २३ जना पुगेको छ भने संक्रमितको संख्या ५२ हजार १ सय २८ जना पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै इरानमा मृत्यु हुनेको संख्या २८ सय ९८ जना पुगेको छ भने संक्रमितको संख्या ४४ हजार ६ सय ५ जना पुगेको छ ।

१ हजार भन्दा बढी संख्यामा मृत्यु हुने देशहरुमा बेलायत र नेदरल्याण्ड रहेका छन भने १ सय भन्दा बढी ज्यान गुमाउने देशहरुमा जर्मन ७७५, स्वीजरल्याण्ड ४३३, टर्कि २१४, बेल्जीएम ७०५, अष्ट्रिया १२८, दक्षिण कोरिया १६५, क्यानाडा १०१, पोर्चुगल १६०, ब्राजील २०१, स्वीडेन १८० र इन्डोनेसियामा १३६ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL