Logo

कोरोना भाईरसको विश्व अर्थतन्त्रमा गम्भीर असर, यसरी खस्किदैछ विश्व अर्थतन्त्र

कोरोना भाईरसको विश्व अर्थतन्त्रमा गम्भीर असर, यसरी खस्किदैछ विश्व अर्थतन्त्र



काठमाडौं । हालै चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसले विश्वकै अर्थतन्त्रलाई क्रमशः असर पुर्याउन थालेको छ । कोरोना भाइरसको उदगम भूमि भनिएको चीनका अनुसार अचानक फैलिएको उक्त भाईरसका कारण चीनको अर्थतन्त्रमा मात्र १ सय ६० विलियन डलर बराबरको नोक्सानी भइसकेको छ ।

विश्वभरका प्रमुख कम्पनीहरुको मुख्य उत्पादन उद्योग चीनमा रहेको अवस्थामा कोरोना भाइरसका कारण विश्वका अरु मुलुक पनि प्रभावित हुन थालेका छन् । सांघाईको एक हार्डवेयर फर्निसिङ फ्याक्ट्री बन्द हुँदा न्युजिल्याण्डमा यसको अभाव हुन थालेको छ । चीनमा फैलिएको कोरोना भाईरसका कारण सामान आपुर्तिमा कमी आउन थालेपनि क्यालिफोर्नियामा सामान आपुर्तिका लागि वाररुम तयार पारिएको छ । यस्तै साउदी अरेवियाले चीनमा हुने तेलको पैठारीमा कमी आएपछि तेल उत्पादक राष्ट्रहरु ओपेकको आपतकालिन बैठक डाकेकोे छ ।

चीनमा सन २००३ मा आएको महामारी सार्सका कारण पनि विश्व अर्थतन्त्रमा करिव १७ प्रतिशतको धक्का पुगेको थियो । चीन विभिन्न कारहरुको ठुलो बजार हो, विदेशी पर्यटनको मूख्य स्रोत हो भने लुगाफाटाको प्रमुख निर्यातकर्ता हो । चीन धेरै कम्प्युटर तथा स्मार्टफोनजस्ता डिभाईसको निर्माणकर्ता पनि हो । त्यसैले हालै आएको महामारीले विश्व अर्थतन्त्रमा सार्सले पारेको असरभन्दा ४ गुणा ठुलो असर परेको अष्ट्रेलियन नेशनल युनिभर्सिटीका अर्थविद वारविक म्याककीवीनले दाब िगरेका छन् ।

हालसम्म चीनमा मात्रै कोरोना भाईरसका कारण ३ सय भन्दा बढीले ज्यान गुमाईसकेका छन भने विश्वभरीका १५ हजारभन्दा बढी प्रभावित छन । उक्त भाईरसका कारण विभिन्न देशका सामान आयात र निर्यातकर्ता लामो समयसम्म चीनमा यस्तै महामारी फैलिए के अवस्था आउला भन्नेमा सोचमग्न बनेका छन ।

४ महिना अघिमात्रै अमेरिकी कम्पनी लेवी स्ट्रसले चीनको वुहानमा आफ्नो नयाँ फ्ल्यागशिप खोल्यो । चीनमा पनि लेवी स्ट्रसको व्यापार गर्नका लागि ७ हजार ५ सय बर्ग फीटमा उक्त फ्ल्यागशिप बनायो । हाल उक्त कम्पनी पूरै बन्द भएको छ । कोरोना भाईरसकै कारण चीनमा यो मात्रै नभई यस्ता हजारौं उद्योग, साना लगानीका कम्पनी सबै डुव्ने अवस्थामा पुगिसकेका छन ।

विश्वका हरेक ठुला लगानीकर्ताहरुले चीनको विभिन्न क्षेत्रमा लगानी गरेका थिए । हाल उक्त लगानी डुब्ने खतरा रहेको खबर आउन थालेको केही व्यापारीहरुले बताएका छन । एप्पल, टेस्लालगायतका कम्पनीहरुले आफ्नो लगानी फिर्ता लिनेसम्मका सल्लाह गर्न थालेको हल्ला सुनिन थालेको छ ।

चीनमा सन २०१९ मा सामान खपत ५ दशमलव ५ प्रतिशत रहेकोमा हाल भाईरसकै कारण सामान खपत त्यसको आधाभन्दा बढीले घटेको ब्लुमबर्गले उल्लेख गरेको छ । चीनमा म्याक डोनाल्ड कम्पनीले पनि आफ्ना १ सय भन्दा बढी रेष्टुरेन्टहरु बन्द गरिसकेको छ । यात्रुको अभावका कारण चीनको आन्तरिक उडानका लागि तयार हजारौं उडानहरु रद्द गरिएका छन । यसले चीनको कुल ग्राहस्थ उत्पादनमा असर त पारिरहेको छ नै विश्व अर्थतन्त्रमा समेत त्यत्तिकै खलल पुगेको छ । जसका कारण हरेक दिन विश्व अर्थतन्त्र खस्किरहेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL