Logo

डिसेम्बर अन्तिममा ५ जहाज भित्र्याउँदै सौर्य एयर, पोखरा, सिमरा, भरतपुरमा उडान भर्ने

डिसेम्बर अन्तिममा ५ जहाज भित्र्याउँदै सौर्य एयर, पोखरा, सिमरा, भरतपुरमा उडान भर्ने



काठमाडौं । सौर्य एयरले यहि डिसेम्बर अन्तिममा ५ ओटा एटिआर ७२ जहाज भित्र्याउने भएको छ ।

निजी क्षेत्रबाट संचालित सौर्य एयरले २०१९ को डिसेम्बर अन्तिममा ५ ओटा एटिआर ७२ जहाज भित्र्याउने गरी तयारी गरेको कम्पनीले जानकारी दिएको छ । सरकारले सन् २०२० लाई भ्रमण बर्ष मनाउन लागिरहँदा सौर्य एयरले थप ५ ओटा जहाज भित्र्याउन लागेको हो ।

कम्पनीका चिफसेल्स एन्ड मार्केटिङका प्रमुख मुकेश खनालका अनुसार डिसेम्बर अन्तिम हप्तामा ५ ओटा एटिआर ७२ जहाज ल्याउने गरी तयारी भईरहेको हो । कम्पनीले उक्त जहाज ल्याउनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्रचार समेत गरिसकेको खनालले जानकारी दिएका छन ।

केही समय अगाडी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको बक्यौता लगायतको रकम बुझाउन नसकेपछि नयाँ लगानीकर्ता घनश्याम अधिकारी समुहलाई भित्र्याएको थियो । तर उक्त समुहले पनि संचालनमा ल्याउन नसके पछि भारतीय लगानीकर्ता कुवेर समुहलाई भित्र्याएको थियो ।

भारतीय लगानीकर्ता भित्रिएको २ बर्ष भित्रै १२ ओटा जहाज भित्र्याउने घोषणा गरेको कम्पनीले पहिलो पटक ५ ओटा जहाज भित्र्याउन लागेको हो । कुबेर समुह भित्रिएसँगै कम्पनीले ६०० सिरिजका ५ ओटा एटिआर ७२ जहाज भित्र्याउन लागेको खनालले जानकारी दिएका हुन ।

नयाँ आउने जहाजबाट काठमाडौं पोखरा, सिमरा, भरतपुर लगायतका ठाउँहरुमा आन्तरिक उडान गर्ने योजना रहेको खनालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL