Logo

५ बर्षमा हुनु पर्ने विमानस्थलको स्तरोन्नती २५ बर्षमा, नेपालमा किन नियम विपरित गरिन्छ स्तरोन्नती ?

५ बर्षमा हुनु पर्ने विमानस्थलको स्तरोन्नती २५ बर्षमा, नेपालमा किन नियम विपरित गरिन्छ स्तरोन्नती ?



काठमाडौं । सामन्यतय जुनसुकै विमानस्थलहरुको स्तरोन्नती हरेक ५ बर्षमा पर्दछ । तर नेपालमा भने साढे २ दशक वित्दा समेत विमानस्थलको स्तरोन्नती हुन सकेको छैन ।

विमान उडान र अवतरण गर्ने विमानस्थल बर्षौंसम्म स्तरोन्नती नहुँदा हवाई दुर्घटना बढ्नुका साथै ठूला विमान अवतरणमा समेत समस्या आउने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

विमानस्थल स्तरोन्नती हरेक ५ बर्षमा गर्नु पर्ने अन्तरराष्ट्रिय मान्यता भएपनि नेपालमा भने १० बर्षपछि मात्रै स्तरोन्नती गर्ने गरेको राष्ट्रिय गौरव आयोजनाका प्रमुख प्रदिप अधिकारीले जानकारी दिएका छन ।

अधिकारीकाअनुसार विमानस्थलको अवस्था हेरेर स्तरोन्नती गर्ने गरिन्छ । विमानस्थलको धावनमार्गलाई पुरै उप्काएर पनि गर्न सकिन्छ भने भईरहेकै धावनमार्ग ठिकै अवस्थामा भए त्यसै माथी अर्को पिच थप गर्न पनि सकिन्छ ।

नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको भने झण्डै साढे दुई दशकपछि स्तरोन्नती सुरु भएको छ ।

धनगढी विमानस्थलको पनि काम सुरु भएको अधिकारीले जानकारी दिएका छन । तर उक्त विमानस्थलको भने पुरै पिच उप्काएर नभई, भईरहेको पिचमाथी नै थप गर्न लागिएको हो । त्यस्तै जुम्ला विमानस्थको समेत स्तरोन्नतीको काम सम्पन्न भईसकेको अधिकारीले जानकारी दिएका छन ।

यसै बर्ष चन्द्रगढी र भरतपुर विमानस्थलको रिह्यावीटेशनको लागि टेण्डर प्रकृयामा जान लागेको समेत अधिकारीले जानकारी दिएका छन । उनका अनुसार जनकपुर र सिमिकोट विमानस्थलको स्तरोन्नतीको काम भने भईरहेको छ ।

मुलुकका अन्य विमानस्थलको स्तरोन्नती कहिले देखि भएका छैनन भन्ने प्रश्नमा अधिकारीले भने अहिलेसम्म स्तरोन्नती नगरेको विमानस्थल कुनै पनि नभएको बताए ।

यदी विमानस्थलहरुमा स्तरोन्नती नगरे पिच उप्कने लगायतले गर्दा धावनमार्गमा समस्या आउँछ जसले गर्दा जहाज दुर्घटना हुन सक्ने भएकाले पनि विमानस्थलहरुको स्तरोन्नतीको काम भने भईरहेको अधिकारीको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL