Logo

निर्माण र होटल क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा लाग्यो सरकार, १२ क्षेत्रका सिप परिक्षकको रोष्टर तयार गर्दै बोर्ड

निर्माण र होटल क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा लाग्यो सरकार, १२ क्षेत्रका सिप परिक्षकको रोष्टर तयार गर्दै बोर्ड



काठमाडौं । सरकारले नेपालभरका विभिन्न सिपमुलक तालिम परिक्षकको रोष्टर तयार पार्ने भएको छ । निर्माण र होटल क्षेत्रका दक्ष जनशक्ती तयार पार्ने उद्देष्यले सिपमुलक परिक्षकका लागि उक्त रोष्टर तयार पार्ने भएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डले विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्ने र परिक्षण तालिम दिने सम्बन्धी वेटर, हाउस किपिङ, किचेन हेल्पर, कुक लगायत गरी १२ विषयका परिक्षक तयार पार्ने भएको छ । बोर्डले हाल उक्त विषयहरुका लागि नेपालका हरेक क्षेत्रबाट ईच्छुकलाई आवेदन दिन समेत आह्वान गरेको छ ।

उक्त आवेदनका लागि जेठ १२ गतेसम्मको म्याद राखिएको पनि बोर्डले जानकारी दिएको छ । उक्त परिक्षकका लागि आवेदन दिनका लागि कम्तीमा एसएलसी वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सिटिईभीटी बाट कम्तीमा तह २ को सर्टिफिकेट लिएको हुनुपर्ने लगायतका सिमा तोकेको छ ।

employement-ctevt

प्रतिक्रिया दिनुहोस्
MBL