Logo

जापानको फुकुओकामा पुग्यो सिटी एक्स्प्रेस, जुलाईमा पैसा पठाउदा शुल्क नलाग्ने

जापानको फुकुओकामा पुग्यो सिटी एक्स्प्रेस, जुलाईमा पैसा पठाउदा शुल्क नलाग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटी मनी एक्स्प्रेसले जापानको फुकुओकाबाट रेमिट्यान्स भित्र्याउन शुरु गरेको छ । सिटीले फुकुओकामा कार्यालय स्थापना गरी रेमिट्यान्स भित्र्याउने कार्य शुरु गरेको हो ।

कम्पनीले जुलाई १ ताखिरदेखि सो स्थानमाबाट औपचारिक रुपमा रेमिट्यान्स भित्र्याउन शुरु गरेको हो । सिटी ग्रूपका अध्यक्ष महेशकुमार श्रेष्ठले शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

सो कम्पनीले जापानमा हप्ताको सातै दिन विहान १ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहनेछ । शाखा संचालनको अवसरमा सिटीले १ महिनाको लागि निशुल्क रकम पठाउने व्यवस्था समेत गरेको छ ।

यसैगरी सिटी ट्राभल्स एण्ड टुर्सले पनि सोही स्थानबाट सेवा शुरु गरेको छ । सेवाग्राहीलाई एकै स्थानबाट सेवा दिने उद्देश्य अनुरुप कम्पनीले सो स्थानबाट हवाइ टिकटको समेत व्यवस्था गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL