Logo

सरकारी निर्देशन बिरुद्ध निजी बिद्यालय, नपढाए पनि जेठदेखि शुल्क असुल्ने घोषणा

सरकारी निर्देशन बिरुद्ध निजी बिद्यालय, नपढाए पनि जेठदेखि शुल्क असुल्ने घोषणा



काठमाडौं । निजी विद्यालयका संचालकहरुले लकडाउन वअधिकोसमेत अर्थान विद्यालय बन्द भएको अवधिको पनि शुल्क लिने घोषणा गरेका छन् । विद्यालय व्यवस्थापनमा अप्ठ्यारो बताउँदै जेठ महिनादेखिको शुल्क असुल्ने भएका हुन् ।

laxmi

सोमबार शिक्षा पत्रकारहरुसँगको भर्चुअल बैठकमा संस्थागत तथा आवाशिय विद्यालय एशोसीएसन (प्याब्सन) का सह अध्यक्ष डिके ढुंगानाले जेठदेखिको शिक्षण शुल्कबाहेक केही नलिेने बताएका छन् । उनले सरकारले आफुलाई अन्य शुल्क केही पनि नलिएर शिक्षण शुल्क मात्रै लिन दिए हुने बताएका छन् ।

यस्तै शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले यस बिषयमा मन्त्रालयमा छलफल भएर चाँर्ड निष्कर्ष आउने बताएका छन् । शिक्षा मन्त्रालय २ हप्ता अघि निजी विद्यालयले पढाई नभएको अवधिको शुल्क नलिन निर्देशन दिएको थियो । तर निजी विद्यालय संचाललकहरुले विद्यालय व्यवस्थापन गर्न अप्ठ्यारो भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL