Logo

भाटभटेनी र चौधरीको अरुण कन्टिनेन्टलसहित ५ कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरेको सर्बाेच्चको ठहर

भाटभटेनी र चौधरीको अरुण कन्टिनेन्टलसहित ५ कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरेको सर्बाेच्चको ठहर



काठमाडौं । सर्वाेच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरेको मुद्दामा विभिन्न ५ व्यवसायीलाई दोषी ठहर गरेको छ ।

laxmi

सर्बाेच्च अदालतका प्राधानन्यायधीश चोलेन्द्र शमशेर राणा र प्रकाश ढुङ्गानाको पूर्ण ईजलाशले २०६७ सालको नक्कली भ्याट बिल प्रयोग गरेको मुद्दामा दोषी ठहर गरेको हो । प्रधानन्यायधीशको ईजलाशले आन्तरिक राजश्व विभागको पक्षमा फैसला सुनाउँदै उक्त ५ व्यवसायीलाई दोषी ठहर गरेको हो ।

सर्बाेच्चले भाटभटेनी सुपरमार्केट, अरुण कन्टिनेन्टल ट्रेडर्स, महेश बानियाँ, शंकर अक्सिजन ग्याँस प्रालि र एआईटी प्रालिले नक्कली भ्याटबील प्रयोग गरी कारोबार गरेको ठहराएको हो ।

आन्तरिक राजस्व विभागल घोटाला सार्वजनिक गरेपछि कर प्रक्रियामा चित्त नबुझेको भन्दै सर्बाेच्च अदालत पुगेका थिए । अब उक्त कम्पनीहरुले कर, जरिवाना सहित ठुलो रकम बुझाउनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL