Logo

प्रदेश २ को विद्युतीकरणमा नर्वेको साढे ४ अर्ब अनुदान, सबस्टेशन निर्माणदेखि चुहावट नियन्त्रणमा खर्च

प्रदेश २ को विद्युतीकरणमा नर्वेको साढे ४ अर्ब अनुदान, सबस्टेशन निर्माणदेखि चुहावट नियन्त्रणमा खर्च



काठमाडौं । नर्वेले प्रदेश २ को विद्युत आपूर्ति सुदृढीकरण र विस्तारमा ४ करोड अमेरिकी डलर (करिब साढे चार अर्ब रुपैयाँ) अनुदान दिने भएको छ ।

laxmi

नर्वेले प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रमअन्तर्गत उपलब्ध गराउने १० करोड डलरमध्ये प्रदेश दुईमा विद्युत् आपूर्ति सुधारका लागि चार करोड डलर खर्च हुने छ ।
अनुदान सम्झौतामा अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपालस्थित नर्वेली राजदूत लास्से जोर्न जोहानेसेंले सोमबार हस्ताक्षर गर्नु भएको हो ।

नर्वेली सरकारले उपलब्ध गराउने अनुदान रकम प्रदेश २ का जिल्लामा विद्युतीकरण र विद्युत् आपूर्तिलाई विश्वसनीय, गुणस्तरीय तथा भरपर्दो बनाउन खर्च गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘अनुदान रकम प्रदेश २ को विद्युत् आपूर्ति सुधार तथा विस्तारका लागि ९ वटा नयाँ सबस्टेसन निर्माण, प्राविधिक चुहावट नियन्त्रण, विद्युतीय सुरक्षा, विद्युतीकरण लगायतमा खर्च हुने छ,’ उनले भने, ‘काम गर्न ठेकेदार छनौटका लागि तत्काल टेण्डर गरी काम सुरु गर्ने छौं,२÷३ वर्षभित्रमा काम सक्ने छौं ।’ प्रदेश २ मा रहेका ८ जिल्ला पर्छन् । त्यहाँ ७९ दशमलव ७७ प्रतिशत विद्युतीकरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL