Logo

उर्जामन्त्री र जर्मन राजदूतबीच भेटवार्ता, वैकल्पिक उर्जालाई जर्मन सरकारको डेढ अर्ब सहयोग

उर्जामन्त्री र जर्मन राजदूतबीच भेटवार्ता, वैकल्पिक उर्जालाई जर्मन सरकारको डेढ अर्ब सहयोग



काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । उर्जा जलस्रोत तथा सिंचाईमन्त्रालयमा आईतबार भएको भेटमा द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री पुनले जर्मन सरकारले उर्जा, प्रशारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागी धन्यवाद दिँदै सोलार र मिनि ग्रिड सरकारको प्राथमिकतामा रहेको बताएका छन । साथै आगामी ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय उर्जाको माध्यमबाट स्वच्छ उर्जामा पहुंच पुर्याउने योजनामा सरकार रहेको समेत जानकारी दिएका छन ।

मन्त्री पुनले भने, ‘सरकारले पुर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको छ, त्यसमा जर्मन सरकारले उपलव्ध गराउने सहयोग हामीलाई उपयोगी हुुन्छ ।’ मन्त्री पुनले वैकल्पिक उर्जाको कामलाई अझ प्रभावकारी बनाउन सरकारले सातै प्रदेशमा कार्यालय विस्तार गर्ने योजना समेत रहेको बताएका छन ।

भेटमा जर्मन राजदूत शेफरले उर्जा र वैकल्पिक उर्जाका साथै जलविद्युत क्षेत्रमा सहकार्य गर्न जर्मन ईच्छुक रहेको बताएका छन । राजदूत शेफरले वैकल्पिक उर्जालाई डेढ अर्ब रुपैयाँ बरावरको सहयोग दिने तयारीमा जर्मन सरकार रहेको समेत जानकारी दिएका छन ।

जर्मन सरकारले दिएको उक्त सहयोग बैकल्पिक उर्जा र नेपाल विद्युत प्राधिकरणले हिमाली र पहाडी क्षेत्रमा लगानी गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL