Logo

अब ग्याँसमा पनि स्वचालित मूल्य, ग्याँसमा दिईने अनुदानमा पुनर्विचार गरिँदै

अब ग्याँसमा पनि स्वचालित मूल्य, ग्याँसमा दिईने अनुदानमा पुनर्विचार गरिँदै



काठमाडौं । सरकारले आगामी दिनमा एलपीजी ग्याँसमा पनि स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ । पेट्रोलियम पदार्थमा मात्र स्वचालित मूल्य प्रणाली लागू गर्दै आएको नेपाल आयाल निगमले आगामी दिनमा ग्याँसमा पनि स्वाचालित मूल्य लागू गर्ने भएको हो ।

laxmi

नेपाल ग्याँस उद्योग संघको कार्यक्रममा बोल्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले ग्याँसमा पनि स्वाचालित मूल्य प्रणाली लागू गर्ने सम्बन्धमा अन्तिम तयारी भैरहेको जानकारी दिए । ‘पहिला सरकारले एलपीजी ग्याँसमा प्रतिसिलिण्डर ५ सय रुपैयाँ घाटा खाईरहेको थियो जसका कारण स्वचालित मूल्य लागू गर्न सकिएको थिएन,’ उनले भने, ‘अहिले सरकारलाई एलपीजी ग्याँसमा पनि घाटा छैन यहि अवस्थामा स्वचालित मूल्य प्रणाली लागू गर्नेछौं ।’

अहिले धनी र गरिब दुबैले ग्याँसमा अनुदान पाइरहेको बताउँदै त्यसमा समेत रोक लगानुपर्ने बताए । ‘अहिले धनी तथा पाँच तारे होटल तथा मागेर जिवनयापन गर्नेले समेत ग्याँसमा एउटै अनुदान पाउँदै आएका छन्,’ उनले भने, ‘ग्याँसमा दिईने अनुसारमा गलत अभ्यास भइरहेको छ यसलाई समेत रोकिने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL