Logo

पेट्रोलियम पाईपलाईन विच्छ्याएको खर्च १ बर्षमै उठाउने पौडेलको घोषणा, उपभोक्तालाई होला त राहत ?

पेट्रोलियम पाईपलाईन विच्छ्याएको खर्च १ बर्षमै उठाउने पौडेलको घोषणा, उपभोक्तालाई होला त राहत ?



काठमाडौं । नेपाल आयाल निगमले भारतबाट पाईपलाईनमार्फत पेट्रोलियम पदार्थको आपूर्ति गर्दा लागेको खर्च १ बर्षमै उठाउने उद्घोष गरेको छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले संचारकर्मीसँग कुराकानी गर्दै निगमले भारतबाट पाईपबाट पेट्रोलियम ढुवानी गर्न सुरुगरेसँगै सोका लागि लागेको खर्च १ बर्ष भित्रै चुक्ता गरिसक्ने दावी गरेका हुन् ।

laxmi

भारत सरकारको कुल ४ अर्ब ४० करोड रुपैयाँ सहयोगमा निर्मित पाइपलाइनको लम्बाई भारतको मोतिहारीबाट ६९.७ किमी छ । जसमा नेपालतर्फ ३७ र भारततर्फ ३२ किलोमीटर पर्छ । पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर पेट्रोलियम पदार्थ नेपाल ल्याउन सकिन्छ । उक्त खर्च १ बर्षभित्रै पेट्रोलियम पदार्थ बिक्री गरेर चुक्ता गरिने पौडेलको दावी थियो ।

मंगलबार (आज) साढे १२ बजे प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा पेट्रोलियम पाईपलाइनको उद्घाटन गर्नेछन् । यससँगै भारतको मोतिहारीबाट नेपालस्थित बाराको अमलेखगञ्जसम्म ६९ दशमलव ७ किलोमिटर पाईपलाईनमार्फत डिजेल नेपाल आउनेछ ।

petrolium-pipeline

यसअघि ट्याङ्करबाट पेट्रोलियम ढुवानी गर्दा बार्षिक २ अर्ब रुपैयाँभन्दा बढि ढुवानी खर्च हुने गरेको जानकारी दिँदै आगामी दिनमा सो रकम बचत हुने छ । पाईपलाईनमार्फत ढुवानी गर्दा उपभोक्ताले समेत सस्तोमा डिजेल पाउने उनले जानकारी दिए ।

पाईपलाईनमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्दा १ सयभन्दा बढि ट्याङकर विस्थापित हुने भएको छ । सो पाईपलाईन विच्छ्याउनका लागि भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान र तत्कालिन आपूर्तिमन्त्री सुनिलबहादुर थापा बीच २०७२ भदौ ७ गते निमार्ण सम्झौता भएको छ ।

यो पाईपलाईन दक्षिण एशियाकै पहिलो क्रसबोर्डर पाईपलाईन हो । सो पाईपलाईनमार्फत नेपालको कुल डिजेल खपतको ७० प्रतिशत माग धान्ने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL