Logo

उद्योग मन्त्रालयमा कर्मचारी युनियन आतंक, उद्योगमन्त्री यादबमाथी कार्यकक्षमै हातपात

उद्योग मन्त्रालयमा कर्मचारी युनियन आतंक, उद्योगमन्त्री यादबमाथी कार्यकक्षमै हातपात



काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका कार्यकर्ताले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवमाथी हातपातको प्रयास गरेका छन ।

laxmi

बुधबार दिउँसो युनियनका नेता सुरेन्द्र भण्डारीसहित गएका ८÷१० जनाको समुहले उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा हातपात गर्न खोजेको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

श्रोतका अनुसार उनीहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लिल गालि गर्दै हातपातमा उत्रिएको समेत स्रोतले जानकारी दिएको छ ।

उनीहरुले कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरि नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि दुव्र्यवहार गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL