Logo

एसबीआई बैंक र चिरायु अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट

एसबीआई बैंक र चिरायु अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट



काठमाडौं । नेपाल एसबीआई बैंक र चिरायु नेसनल अस्पतालबीच सम्झौता भएको छ । बिहीबार नेपाल एसबीआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्डबाहक ग्राहकलाई लक्षित गरी चिरायु अस्पताको सेवामा १५ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले परिचयपत्रसहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा उक्त छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत छपीराज पन्त र चिरायु अस्पतालका निर्देशक संजीव राजभण्डारीले हस्ताक्षर गरेका ह्न् ।

प्रतिक्रिया दिनुहोस्
MBL