Logo

बैंकले खोल्ने एलसीमा सरकारको निगरानी, तत्काल छानविनको दायरामा ल्याउने अर्थमन्त्रीको घोषणा

बैंकले खोल्ने एलसीमा सरकारको निगरानी, तत्काल छानविनको दायरामा ल्याउने अर्थमन्त्रीको घोषणा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले जारी गर्ने एलसी (प्रतितपत्र) लाई समेत छानविनको दायरामा ल्याउने बताएका छन । पछिल्लो समय बैंकहरुले कम दरमा एलसी खोल्न थालेपछि त्यसलाई छानबीनको दायरामा ल्याउने उनले बताएका हुन ।

‘अहिले बैंकहरुले १ सय रुपैयाँको सामान आयात गर्दा ४० रुपैयाँमा एलसी खोलिरहेका छन,’ उनले भने, ‘यो एक किसिमको ठगी हो यस्ता बैंकहरुलाई तत्काल छानविन गरी कारवाही गर्नेछौं ।’

साथै बैंकहरुलाई यस विषयमा तत्काल सजक रहन समेत उनले निर्देशन दिएका छन । नेपाल चेम्बर अफ कमर्शको ७० औं बर्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले व्यवसायीहरुलाई निर्यातमा आधारित अर्थतन्त्र निर्माण गर्नमा जोड दिन सुझाव दिएका छन । कार्यक्रममा बोल्दै उनले व्यवसायीसँग हरेक क्षेत्रमा कानुन निर्माणदेखि सदाचारितासँग सम्बन्धीत विषयमा साथ दिईरहेको बताएका हुन ।

त्यसकै लागि सरकारले व्यवसायीलाई सहज वातावरण बनाउन प्यान, भीसीटीएस लगायतका सुविधाहरु ल्याईएको उनको भनाई थियो । उनले पछिल्लो समय अनुदानको विषयमा व्यवसायीहरुबीच नै कुरा नमिलेको र केमा छुट दिनुपर्नेहो निर्णय गरेर आउन आग्रह गरेका छन ।

कार्यक्रममा बोल्दै उनले व्यवसायीक वातावरण नविग्रिएको र व्यवसायी नचाहिँदो कुरामा डराएको उल्लेख गरेका छन । उनले नेपाली उत्पादनलाई विदेशमा निर्यातका लागि सहजीकरणका लागि विभिन्न भाषमा लेवलिङ गर्न लागेको समेत बताएका छन ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशमा आर्थिक समृद्धि ल्याउनका लागि उद्योगी व्यवसायीसँग हातेमालो गरेर अघि बढ्न सरकारलाई आग्रह गरेका छन् । साथै देशको निर्यात व्यापार वृद्धि गर्न निर्यातमा दिईने अनुदान समेत बढाउनु पर्ने बताए ।

निजी क्षेत्र सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली महाअभियानको सारथी भएको बताउँदै लगानीमैत्री वातावरण बनाउनुपर्ने उनको भनाई थियो । सरकारले भिजिट नेपाल २०२० मार्फत २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भन्दै सोही अनुरुपका प्याकेज ल्याउन समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL