Logo

राष्ट्रिय वाणिज्य बैंकको आरबीबी ईम्पावरमेन्ट एकेडेमी सुरु, ३० जनालाई ३ दिने तालिम दिँदै

राष्ट्रिय वाणिज्य बैंकको आरबीबी ईम्पावरमेन्ट एकेडेमी सुरु, ३० जनालाई ३ दिने तालिम दिँदै



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आरबीबी ईम्पावरमेन्ट एकेडेमी कार्यक्रमको सुरुवात गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नम्बर ३ का ३० जना युवालाई ३ दिने तालिम प्रदान गर्न उक्त कार्यक्रम सुरुवात गरेको हो ।

laxmi

बैंकले उक्त ३० जनालाई अनलाईन आवेदन मार्फत १ हजार ७ सय ७ युवाहरुमध्येबाट छानेको थियो । कार्यक्रमको उद्घाटन बैंकको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले गरेका हुन । उक्त एकेडेमीबाट युवावर्गले बैंकिङ क्षेत्रमा भएका नयां नयां उपलब्धिलाई सिक्ने बुझ्ने अवसर प्राप्त गर्ने उनको धारणा छ । उनले कार्यक्रमका बोल्दै वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाहरुले यसबाट भरपुर लाभ लिन सक्ने समेत बताएका छन ।

पहिलो चरण अन्तर्गत एकेडेमीले कार्तिक १ गते बाट १५ गते सम्म निःशुल्क अनलाइन आवेदन माग गरेको थियो । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने उक्त तालिममा बैंकिङ, टेक्निकल तथा परिक्षा तयारी सम्बन्धि तालिम दरबारमार्गमा प्रदान गरिनेछ । तीन दिनको तालिम पश्चात बैकले ३० जना सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिने छ । यो कार्यक्रम बैंकले अन्य प्रदेशमा पनि संचालन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL