Logo

जनता बैंकको सामाजिक उत्तरदायित्व, केन्द्रीय बहिरा क्याम्पसलाई १० लाख सहयोग

जनता बैंकको सामाजिक उत्तरदायित्व, केन्द्रीय बहिरा क्याम्पसलाई १० लाख सहयोग



काठमाडौं । जनता बैंकले केन्द्रीय बहिरा क्याम्पस नक्साललाई आर्थिक सहयोग गरेको छ । बैंकले बिहबार आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त क्याम्पसलाइ १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्राडा प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन ।

बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामुदायिक कलेजको रुपमा ६ बर्ष अगाडी स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले विगत ४ बर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ ।

क्याम्पसमा हाल छात्र/छात्रा गरी १ सय ४ जना बहिरा बिद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् । व्यवस्थापन समिति अध्यक्ष प्राडा हमालको अनुसार हाल नक्साल स्थित बालमन्दिरमा शिक्षा शास्त्र संकायको बिएड कक्षा संचालन गरिरहेको क्याम्पसले आफ्नै भवन निर्माण गरि ब्यबस्थापनको पढाई समेत संचालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL