Logo

दशैं बिदामा पनि सिटिजन्स बैंकको नगद काउन्टर खुला, ११ शाखामार्फत सेवा लिन सकिने

दशैं बिदामा पनि सिटिजन्स बैंकको नगद काउन्टर खुला, ११ शाखामार्फत सेवा लिन सकिने



काठमाडौं । सिटिजन्स बैंकले दशैं बिदामा समेत आफ्ना नगद काउन्टर सेवा दिने भएको छ । बैंकले असोज १८, १९, २० र २२ गते काठमाडौं उपत्यका भित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटीमा रहेका नगद काउन्टर खुला गर्ने भएको हो ।

laxmi

त्यस्तै उपत्यका बाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ । ३६५ दिन सेवा दिने योजना अन्तरगत बैंकले दशैंको बिदामा समेत टिकाको दिनमा पनि काठमाडौंका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ ।

ति शाखाहरुमार्फत बैंकले बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म नगद काउन्टर खुला रहने बैंकले जानकारी दिएको छ । बैंकले ८४ शाखा, ८० एटिएम र १०२ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL