Logo

राष्ट्र बैंकले थापाथलीका २ विभाग सार्याे, बालुवाटारको भवनको लागि सरकारी निर्णय पर्खदै

राष्ट्र बैंकले थापाथलीका २ विभाग सार्याे, बालुवाटारको भवनको लागि सरकारी निर्णय पर्खदै



काठमाडौं । नेपाल राष्ट्र बैंकको थापाथलीस्थित कार्यलयका २ ओटा विभाग सारेकोे छ । बैंकले भवनमा निर्माणकार्य चलिरहँदा त्यहाँ भएका मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभाग सारिएको जानकारी दिएको छ ।

उक्त विभागहरु बालुवाटरस्थित केन्द्रिय कार्यालयमा सारिएको बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए । उनले शुक्रबार सम्म सारिसक्नुपर्ने योजना रहेकोमा आज नै उक्त २ ओटा विभाग सारिएको बताए ।

थापाथलीस्थित कार्यलयको भवनको निर्माण केहि महिनादेखि चलिराखेको छ । त्यस्तै बालुवाटारस्थित भवनको निर्माणका लागि पप्पु कन्स्ट्रक्सनलाई जिम्मा दिइएको हुनाले सरकारको निर्णयको पर्खाईमा रहेको पौडेलले जानकारी दिए ।

ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सरकारले नै नयाँ ठेक्का सम्झौता गर्न रोक लगाएपछि उसले लिएका विभिन्न ठेक्काका आयोजनाहरु पनि अन्यौलमा परेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL