Logo

सेयर करोबारको भुक्तानी बैंकबाटै मिलाईने, चेक बोकेर ब्रोकर कहाँ धाउन नपर्ने

सेयर करोबारको भुक्तानी बैंकबाटै मिलाईने, चेक बोकेर ब्रोकर कहाँ धाउन नपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कारोबारको भुक्तानी (सेटलमेन्ट) बैंकमार्फत नै गर्न मिल्ने व्यवस्था गर्ने भएको छ । हाल हुँदै आएको पुरानो प्रणालीलाई विस्थापित गर्दै अबका बैंकमार्फत नै भुक्तानी गर्न मिल्ने व्यवस्था गर्न लागिएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले जानकारी दिए ।

‘आजबाट अनलाईन कारोबारको सुरुवात भयो अब भुक्तानीलाई पनि बैंकिङ प्रणालीमा लैजानु पर्छ,’ अनलाईन कारोबारको शुभारम्भ कार्यक्रममा उनले भने, ‘सो कार्यका लागि राष्ट्र बैंकले सम्बद्ध निकायसँग छलफल गरी काम अघि बढाएको छ ।’

यसैगरी नेप्सेको राफसाफका लागि बैंकको संख्यामा पनि वृद्धि गरिने उनले जानकारी दिए । ‘अहिले सिमित बैंकले मात्र कारोबार गर्दा राफसाफमा ढिलाई भएको छ,’ उनले भने, ‘उत्कृष्ट बैंक हेरेर राफसाफका लागि बैंक संख्या थप गर्नुपर्छ ।’

कार्यक्रममा उनले बैंकलाई ब्रोकर लाईसेन्स दिने कामलाई पनि चाडै नै अघि बढाउने भएको छ । हाल ब्रोकर लाईसेन्स लिनका लागि आवेदन आएको र त्यसको विस्तृत अध्ययन गरी लाईसेन्स दिईने समेत उनले जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL