Logo

बजेटमा दुग्ध क्षेत्रलाई बचाउन बिशेष राहत प्याकेज ल्याउन डेरी एशोसिएसनको माग, यस्ता छन् अन्य सुझावहरु

बजेटमा दुग्ध क्षेत्रलाई बचाउन बिशेष राहत प्याकेज ल्याउन डेरी एशोसिएसनको माग, यस्ता छन् अन्य सुझावहरु



काठमाडौं । नेपाल डेरी संघले सरकारले आगामी बजेट मार्फत दुग्ध क्षेत्रका लागि तत्काल राहत प्याकेज घोषणा गर्नु पर्ने माग गरेको छ । सोमबार एक भिडियो कन्फ्रेन्सको आयोजना गर्दै यस्तो माग गरेको छ ।

अर्वौंको लगानी डुब्ने, लाखौंको रोजगारी गुम्ने, आर्थिक धरासाय हुने, संकटपूर्ण भयावह अवस्थाबाट पार लगाउनका लागि सरकारले यस्तो प्याकेज ल्याउनु पर्ने बताएको हो । यस महामारीका कारण देशमा रहेका र विदेशबाट फर्कने करीब सम्भावित ४० लाख बेरोजगारको व्यवस्थापनको एउटा पाटो रहने संघको धारणा छ । कुल ग्राहस्थ उत्पादनमा ९ प्रतिशत योगदान गरेको यो दुग्ध क्षेत्रलाई बचाउनको लागि तत्कालिन, अल्पकालिन र दिर्घकालिन कार्यक्रमका सुझाव दिएको छ ।

यस्ता छन् सुझावहरु :

१. कोरोना भाईरस (कोभिड–१९) महामारीले उत्पन्न गरेको वर्तमान् विकट परिस्थितिले गर्दा भर्खर शुरु हुन लागेको सिजनको मुखमा लक डाउन भएकाले खपत हुने पार्टी प्यालेस, स्कुल, होटल, रेष्टुरेण्ट, क्यान्टिन अनि शहरका मानिस गाउँ गएका कारण करीब ८० प्रतिशत बजार गुम्न गई उत्पादन लागत बढि भई संचालनमा रहेर पनि घाटा भएको, सिजनमा प्रयोग गर्न भनेर भण्डारण गरिएको र एक वर्ष मात्र डेट भएको अब बाँकी जम्मा ५ महिना मात्र डेट भएको ५ अर्ब बराबरको धुलो दुध र बटर बिक्रि नभई डम्प भई चालु पुँजी जाम भई किसानको भुक्तानी दिन नसकेको, नियमित घरभाडा, तलब, बैंक व्याज, बिजुली लगायत खर्च यथावत रहेकोले सोको व्यवस्थापन गर्न सरकारले विना धितो उद्योगको प्रमाण पत्रको आधारमा सहुलियत दरको ऋण कम्तिमा पनि ५ वर्षको लागि दिनु पर्ने ।

२. उद्योगहरुले यस भन्दा पहिला लिएको ऋणको भाका २ वर्ष बढाई लक डाउन अवधिभरको व्याज मिनाह गरिनु पर्ने । प्रयोग हुँदै आएको विद्युतमा ५० प्रतिशत छुट र पहिले ५० प्रतिशत छुट लिईंदै आएको भ्याट छुट पुनः लागु गरिनु पर्ने । जुन उद्योगीले सहुलियत दरको ऋण पाएको छैन सो उद्योगीको ऋण सहुलियत दरमा परिणत गरिनु पर्ने ।

३. सरकारले नयाँ उद्योगीलाई अनुदान, सहुलियत दरको ऋण प्रदान गरि नयाँ उद्योगीलाई प्राथमिकता दिनुभन्दा पनि ४०÷५० प्रतिशत क्षमतामा संचालन रहेका पूराना उद्योगलाई पूर्ण क्षमतामा संचालन गराउने वातावरण बनाई भएका उद्योगहरुलाई आत्मनिर्भर बनाई नयाँभन्दा पनि त्यहि थप रोजगार श्रृजना गरिनु पर्ने । जसका कारण यो क्षेत्रमा थप १५ देखि २० हजार कामदारलाई रोजगार दिन सकिन्छ । दुग्ध क्षेत्र राम्रो हुँदा गाईभैंसीको गोबर र गहुँतले अर्गानिक खेतीपातीमा समेत सहयोग पुर्याउने हुँदा यदि सरकारले सहयोग गर्ने हो भने सरकारले घोषणा गरेको “सुखी नेपाली, सम्वृद्ध नेपाल” भन्ने नारा पनि सार्थक हुन सक्छ ।

४. लक डाउन अवधिभरको विद्युत महशुल, टेलिफोन शुल्क, इन्टरनेट शुल्क र एक वर्षको संस्था नविकरणमा छुट गरि जरिवाना हटाउनु पर्ने । सहुलियत दरको ऋणको सिमा ५ करोडबाट बढाई १० करोड पु¥याउनु प¥यो भने ब्याज २५ मा झार्नु पर्याे ।

५. सरकारले हालको अवस्थामा दुध तथा दुग्ध पदार्थ सेवन गर्दा हरेक किसिमका रोग संग लड्ने, प्रतिरक्षा गर्ने, आत्मबल प्रदान गर्ने भएकोले दुध तथा दुग्ध पदार्थ सेवन वृद्धिका लागि रेडियो, टेलिभिजन तथा पत्रपत्रिका मार्फत प्रचारप्रसार गरिनुपर्ने । सरकारी कार्यालयदेखि आर्मी, प्रहरी, बालगृह, आश्रम तथा शसत्र प्रहरीको रासनमा खपतका लागि अनिवार्य दुध तथा दुग्ध पदार्थ समाबेश गरिनु पर्याे ।

६. यो कठिन घडिमा हामीले हाम्रो सामाजिक उत्तर दायित्व पनि निभाईरहेका छौं । हामीले देशैभर रहेका डेरी उद्योगीहरुले आर्थिक सहयोग, निःशुल्क दुध तथा दुग्ध पदार्थ वितरण, रक्तदान, ट्राफिक प्रहरीलाई भाईजर वितरण र अप्ठ्यारोमा रहेकालाई खाद्यान्न समेत वितरण गरेका छौं । जस्तै सुत्केरी महिलालाई घ्यु वितरण, क्वारेन्टाईनमा बसेकाहरुका लागि दुध तथा दुग्ध पदार्थ वितरण आदि ।

प्रतिक्रिया दिनुहोस्
MBL