Logo

४० प्रतिशतसम्म घट्यो तरकारीको मूल्य, उपभोक्तालाई राहत (मूल्यसहित)

४० प्रतिशतसम्म घट्यो तरकारीको मूल्य, उपभोक्तालाई राहत (मूल्यसहित)



काठमाडौं । पछिल्लो एक बर्षमा तरकारीको मूल्यमा भारी उत्तारचढाव आइरहेको छ । पछिल्लो समय नेपाली बजारमा तरकारीको मूल्यमा २ सयदेखि देखि ५ सय प्रतिशतसम्म वृद्धि हुँदा सर्वसाधारण तरकारी किन्नै नसक्ने अवस्थामा पुगेका थिए । व्यवसायीहरुका अनुसार मूल्यमा निरन्तर उतारचढाव आइरहेपनि करीब १ वर्षयतामात्र पनि समग्रमा नेपाली बजारमा तरकारीमा औसत मूल्यवृद्धि ५० प्रतिशतभन्दा बढी रहेको थियो ।

तर, गत बर्ष फागुन महिनामा ह्वात्तै बढेको केही तरकारीको मूल्य यो बर्षको फागुनमा भने घटेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार पछिल्लो १ बर्षको तुलनामा बन्दा, काउली, लसुनलगायतका तरकारीहरुको मूल्य बढेको भएपनि अहिले गोलभेडा, टाटे सिमी, हरियो फर्सीलगायतका तरकारीको मूल्य घटेको छ । जसले सर्वसाधारण उपभोक्तलाई राहत पुगेको छ ।

पछिल्लो समय भारतबाट तरकारीको आयात बढिरहँदा केही तरकारीको मूल्य घटेको छ भने चीनतर्फको आयातमा प्रतिवन्ध लाग्दा केही तरकारीको मूल्य बढेको छ । बिहीबार गत बर्षको सोही अवधिको तुलनामा सानो गोलभेँडाको मूल्य ३१ प्रतिशतले घटेको छ । गत बर्ष सोही अवधिमा सानो गोलभेडाको थोक मूल्य ३२ रुपैयाँ रहेकोमा पछिल्लो समय घटेर प्रतिकेजी २२ रुपैयाँ पुगेको छ ।

यस्तै बिहीबार टाटे सिमी ४८ रुपैयाँ, लौका ४८ रुपैयाँ, हरियो फर्सी २२ रुपैयाँ प्रतिकेजी थोक मूल्यमा बिक्री भईरहेको छ । जसको मूल्य गत बर्षको तुलनामा क्रमशः ३८, ७ र ४० प्रतिशतले घटेको हो । कालिमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार यो बर्ष भारतमा प्याज लगायतका तरकारीहरुको उत्पादन बढेर सुपथ मूल्यमा तरकारी आयात भएको छ । जसको असर तरकारी बजारमा परेको छ ।

यस्तै काउली, बन्दा हरियो, लसुन, गाँजरलगायतका मूल्य भने पछिल्लो एक बर्षमा ह्वात्तै बढेको छ । गत बर्ष यही अवधिमा काउली प्रतिकिलो १३ रुपैयाँमा विक्री भईरहेको थियो भने यो बर्ष काउलीको मूल्यमा १ सय ९२ प्रतिशतले वृद्धि हुँदा ३८ रुपैयाँ प्रतिकिलो पुगेको हो ।

यस्तै बजारमा ब्रोकाउली, साग, कागति, रुखकटहर, च्याउ, बकुल्लालगायतको थोक मूल्य घटेको छ । तर, रातो आलु, मटरकोशा, बरेला, चुकन्दरलगायत तरकारीको मूल्य बढेको छ ।

यी तरकारीको मूल्य घटयो ।

यी तरकारीको मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस्
MBL