Logo

पाईलट नभएपछि एक महिनादेखि निगमका ३ ओटै जहाज ग्राउण्डेड, संचालनमा आउन अझै ३ हप्ता लाग्ने

पाईलट नभएपछि एक महिनादेखि निगमका ३ ओटै जहाज ग्राउण्डेड, संचालनमा आउन अझै ३ हप्ता लाग्ने



काठमाडौं । नेपाल वायुसेवा निगमको वाई १२ जहाज करिब १ महिना देखी ग्राउण्डेड भएको छ । आन्तरिक उडान भर्दै आईरहेको उक्त जहाजको लागि निगममा पाईलट अभाव भए पछि वाई १२ सिरिजका ३ ओटै जहाज ग्राउण्डेड भएको हो ।

laxmi

निगमको २ जना पाईलटले विरामी विदा लिएर बसेपछि जहाजनै ग्राउण्डेड भएको निगमका सहप्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन । अर्को पाइलट आङनुरी शेर्पा भने ३ दिने तालिम इपिसीको लागि गएकाले पाईलट अभाव भएको हो ।

निगमले पाईलट अभाव भए पछि वाई १२ जहाज उडाउनकै लागि २ जना पाईलट (वरिष्ठ क्याप्टेन केबी लिम्बु र तिजुनाथ नेपाली) लाई नियुक्त गरिसकेको छ । भर्खरै नियुक्त भएका दुई जना पाईलटलाई भने क्याप्टेन शेर्पा आईसके पछि जहाज उडाउने तथा उनीहरुलाई थप तालिम दिने निगमले जानकारी दिएको छ । करिब १ महिनासम्म ग्राउण्डेड भएको उक्त जहाज उडाउनका लागि अझै १५ देखी २० दिन सम्मको समय लाग्ने कोईरालाले जानकारी दिएका छन ।

त्यस्तै लामो समयदेखि ग्राउण्डेड भएको अर्को वाई १२ जहाज भने अझै मर्मतकै क्रममा रहेको छ । यसै हप्ता भित्र मर्मत गरि संचालनमा ल्याउने भनिए पनि समयमा पाटपुर्जा उपलब्ध नभए पछि संचालनमा ल्याउन नसकेको निगमले जानकारी दिएको छ । निगमको वाई १२ जहाजसँगै १ ट्वीनअटर र एमए ६० जहाज पनि लामो समय देखी ग्राउण्डेड रहेको छ ।

त्यस्तै करिब २ महिनासम्म मलेसियामा मर्मतका लागि राखिएको जहाज ‘गण्डकी’ पनि लामो समय देखी ग्राउण्डेड नै रहेको छ । तर जहाज भने बिक्रीको लागि केही समय अगाडीनै मूल्याङकन भैसकेको थियो । मूल्याङ्कन भएपनि पछिल्लो घटनाक्रमले गर्दा बिक्री गर्न सकेको छ्रैन ।

उक्त जहाज बिक्री गर्ने कि संचालनमा ल्याउने भन्ने विषयमा अहिले निगम संचालक समितिमा छलफल समेत भईरहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL