Logo

धनगढीभन्दा बैंकक उडान सस्तो, १२ हजारमै निगमको काठमाडौं बैंकक राउन्ड ट्रीप टिकट

धनगढीभन्दा बैंकक उडान सस्तो, १२ हजारमै निगमको काठमाडौं बैंकक राउन्ड ट्रीप टिकट



काठमाडौं । तपाई थाईल्याण्ड घुम्ने सोचमा हुनुहुन्छ भने नेपाल वायुसेवा निगमले त्यो सपना पुरा गरिदिने भएको छ ।

निगमले हालै काठमाडौ बैंककको राउन्ड ट्रीप अफर सार्वजनिक गरेको छ । निगमले सार्वजनिक गरेको अफर अनुसार १२ हजार रुपैयाँमै काठमाडौं बैंकक राउन्ड ट्रीप गर्न सकिने भएको हो ।

निगमले ल्याएको उक्त अफर अनुसार धनगढीभन्दा बैंकक उडान सस्तो हुने भएको छ । अहिले काठमाडौं धनगढी हवाई भाडा भने करिब ३ हजार ५ सय रुपैयाँ देखी १२ हजार रुपैयाँ सम्म पर्ने निगमले जानकारी दिएको छ ।

निगमले काठमाडौ बैंककको राउन्ड ट्रीपको लागि १२ हजार रुपैयाँ टिकटदर तोकेको छ । साथै ५ ओटा टिकट खरिदमा एउटा टिकट भने सित्तैमा पाउने भएको छ । टिकटको मूल्य १२ हजार रुपैयाँ भए पनि यसमा कर समावेश नगरेको निगमका सहप्रवक्ता नवराज कोईरालाले जानकारी दिएका छन ।

मार्च अन्तिम सम्म चल्ने उक्त राउण्ड ट्रिपमा पाँचतारे होटलको खाना सुविधा सहितको हुने छ । साथै उक्त ट्रिपमा यात्रुले ३० केजी सम्मको ब्यागेज लैजान पाउने छन । उनका अनुसार उक्त अफर मार्च अन्तिम सम्म चल्ने भए पनि काठमाडौं बैंकक पहिलो उडान भने मार्च भित्रै गरि सक्नु पर्नेछ ।

निगमका अनुसार अफ सिजनलाई मध्य नजर गर्दै उक्त अफर ल्याएको हो । साथै भिजिट २०२० लाई समेत टेवा पुग्ने भएकाले त्यस्ता अफर ल्याएको निगमका सहप्रवक्ता कोईरालाले बताए । साथै अहिले बैंकक जाने पर्यटकको कमि आएकाले पनि उक्त अफर ल्याउनु परेको कोईरालाले बिजखबरलाई बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL