Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल १२ घण्टापछि संचालनमा, विमानमा सामान्य क्षती

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल १२ घण्टापछि संचालनमा, विमानमा सामान्य क्षती



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल १२ घण्टापछि खुलेको छ ।

शनिबार राती यती एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द भएको विमानस्थल आज विहानबाट खुलेको हो ।

शनिबार राति करिब पौने ९ बजे यती एयरको विमान दुर्घटना हुँदा विमानको अघिल्लो भागको नोजह्वील भाँचेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताएका छन ।

विमान दुर्घटनाबाट कुनै मानविय क्षेती भने नभएको महाप्रवन्धक क्षेत्रीले जानकारी दिएका छन ।

बन्द भएको विमानस्थल आइतबार बिहान करिब साढे ८ बजेबाट सञ्चालनमा आएको हो । विमान दुर्घटना भएपछि गए रातिदेखि नै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान ठप्प भएको थियो ।

नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर करिब १५ मिटर चिप्लिएर घाँसे मैदानमा दुर्घटना हुन पुगेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL