Logo

थाईल्याण्डको ‘थाइ लायन’ नेपाल आईपुग्यो, नेपालको पहिलो वाईडवडी ‘अन्नपूर्ण’ दोहा जादै

थाईल्याण्डको ‘थाइ लायन’ नेपाल आईपुग्यो, नेपालको पहिलो वाईडवडी ‘अन्नपूर्ण’ दोहा जादै



काठमाडौं । थाइ लायन एयरवेजले आजदेखि नेपालबाट उडान सुरु गरेको छ । थाईल्याण्डको थाइ लायन एयरले आजदेखि नेपाल–थाइल्याण्ड सिधा उडान सुरु गरेको हो ।

थाइ लायन आएसँगै नेपालबाट थाईल्याण्ड उडान भर्ने विमान कम्पनीको संख्या थपिएको छ । थाइ लायनले नेपालबाट हप्ताको ३ वटा उडान भर्नेछ । जसअनुसार सोमबार, बुधबार र शुक्रबार थाईलाईनले नेपाल–थाईल्याण्ड सिधा उडान भर्ने छ ।

यस अघि थाईल्याण्डको थाई एयरवेज र नेपाल वायुसेवा निगमले मात्र थाईल्याण्ड–नेपाल उडान भर्दै आएका थिए । थाइ लायन आएसँगै ३ वटा विमान कम्पनीले नेपाल–थाईल्याण्ड सिधा उडान भर्नेछन् ।

थाइ लायनले आज दिउसो १ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सो एयरले आजै नेपालबाट ३ बजे थाईल्याण्ड उडान भर्नेछ ।

थाइ लायनको १ सय ६० जना यात्रु बोकेर नपाल अवतरण गरेको थियो । सो जहाजले नेपालबाट १ सय ३४ जना यात्रु बोकेर फर्कदै छ । थाइ लायनको न्यारोबडी बोईङको ७३७ जहाजमा इकोनमी क्लास मात्र रहेको छ । हालका लागि सो जहाजमा बिजनेश क्लास राखिएको छैन ।

यसैगरी आजैदेखि नेपाल वायुसेवा निगमको पहिलो वाइडवडी जहाजले पनि नेपालबाट कतारको दोहा उडान भर्ने भएको छ । नेपाल वायुसेवा निगमको वाइड बडी ए ३३०–२०० विमान अन्नपूर्णले सोमबार एयर अपरेशन सर्टिफिकेट (एओसी) पाएपछि आजै (बुधबार) देखि व्यवसायिक उडान गर्न लागेको निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।

अन्नपूर्णले बेलुका ९ बजेट २५ मिनेटमा त्रिभुवन विमानस्थलबाट कतारको दोहाका लागि उडान भर्ने भएको छ । सो जहाजमा १८ विजनेश क्लास र २ सय ५६ इकोनोकिम क्लास गरी कुल २ सय ७४ सीट रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL