Logo

टर्किस एयरको दुर्घटनाग्रस्त जहाजलाई यस्तो बनाए उप्रेतीले, हेर्नुहोस फोटोसहित

टर्किस एयरको दुर्घटनाग्रस्त जहाजलाई यस्तो बनाए उप्रेतीले, हेर्नुहोस फोटोसहित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अन्तरराष्ट्रिय एटीआर विमानका वरिष्ठ प्रशिक्षक तथा विमान चालक क्याप्टेन वेद उप्रेतीले टर्किस एयरलाइन्स डीजेवल एयरक्राफ्टलाई एभिएशन म्युजियमको रुपमा संचालनमा ल्याएका हुन् ।

केही समय अघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको एयर बसलाई उनले यसरी नयाँ रुप दिएका छन् ।

नेपालको आन्तरिक पर्यटनको प्रबद्र्धन तथा एभिएशन सम्बन्धी सिक्ने विद्यार्थीलाई लक्षित गर्दै उक्त म्युजियम संचालनमा ल्याएको उप्रेतीले जानकारी दिए ।

म्युजियम आईतबारदेखि औपचारिक रुपमा संचालनमा आउने छ । शुरुमा विद्यार्थीका लागि मात्र खुला गरिने समेत उनले जानकारी दिए ।


उनले सो म्युजियमलाई ऐतिहासिक बनाउने उद्देश्य अनुरुप स्वदेशी र विदेशी दक्ष विमान प्राविधिकहरु झिकाई १० महिना लगाएर तयार गरेका थिए ।

यो विश्वकै सवैभन्दा ठूलो विमान भित्रको मिनिएचर विमानहरु भएको विमान संग्रहालय भएको उनको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL