Logo

भैरहवा र पोखरा विमानस्थल आगामी आवभित्रै, मेलम्चीको पानी छिट्टै काठमाडौंमा

भैरहवा र पोखरा विमानस्थल आगामी आवभित्रै, मेलम्चीको पानी छिट्टै काठमाडौंमा



काठमाठडौं । सरकारले आगामी आर्थिक बर्षभित्रै दुई अन्तरराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने भएको छ ।

सरकारले भैरहवास्थित गौतमबुद्ध विमानस्थल र पोखरामा निर्माणाधित क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल आगामी आवभित्रै संचालनमा ल्याउने बताएका हुन । निजगढ विमानस्थलको निर्माण थालनीसमेत आगामी आवमा गर्ने घोषणा नीति तथा कार्यक्रमले गरेको छ । काभ्रेमा विमानस्थल बनाउन चाहिने जग्गाको खोजी गर्ने कार्यक्रमलाई समेत सरकारले फेरी दोहोर्याएको छ ।

त्यस्तै आगामी आवमा त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गरि संचालनमा ल्याइने भएको छ । आगामी आवमा तीन आन्तरिक विमानस्थलको धावनमार्ग कालोपत्रे गरिने भएको छ ।

मेलम्चीको पानी छिट्टै काठमाडौंमा

शुक्रबार प्रस्तुत भएको आगामी आवको नीति तथा कार्यक्रममा मेल्म्चीको खाने पानी छिट्टै काठमाडौं ल्याउने गरि कामलाई तिब्र दिएको बताएको छ । सरकारले लार्केखोलाकोसमेत पानी ल्याउने गरि कामलाई तिब्रता दिएको छ ।

शुक्रबार बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी छिट्टै काठमाडौं ल्याउने र दुई अन्तरराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने बताएकी हुन । यस अघि बिभिन्न समयमा काठमाडौंबासीलाई खानेपानीको सुविधा पुर्याउन मेलम्चीको पानी ल्याउने बताए पनि बिभिन्न समस्याका वावजुद ल्याउन सकिएका छैनन ।

प्रतिक्रिया दिनुहोस्
MBL