Logo

यसवर्षको अन्तरराष्ट्रिय ‘सस्टेनेवल समिट’ नेपालमा हुने, हिमाली क्षेत्रको पर्यटन बिकासमा सघाउ पुग्ने

यसवर्षको अन्तरराष्ट्रिय ‘सस्टेनेवल समिट’ नेपालमा हुने, हिमाली क्षेत्रको पर्यटन बिकासमा सघाउ पुग्ने



काठमाडौं । यसवर्षको अन्तरराष्ट्रिय ‘सस्टेनेवल समिट’ नेपालमा हुने भएको छ । हिमाली क्षेत्रको पर्यटन विकासमा सघाउने उद्देश्यले यही जुन १ देखि ५ तारिखसम्म सस्टेनेवल समिट हुने भएको हो । हिमालय क्षेत्रमा बढ्दै गएको फोहोर र पर्वतारोहीहरुको चाप र अन्य कारणहरुले यस क्षेत्रको वातवरणमा परेको प्रभावका दीर्घकालिन समाधानबारे बहसका लागि काठमाडौंमा सस्टेनेवल समिट आयोजना गर्न लागिएको आयोजकले बताएका हुन् ।

देलानी नेसनल पार्कका रोजर रबिन्स र अमेरिकी अल्पाईन क्लबका ईलन लफामको नेतृत्वमा २०१२ मा पहिलो पटक अमेरिकाको कोलोराडो गोल्डेनमा यस्तो समिटकोको आयोजना गरिएको थियो । त्यसपछि अमेरिकामा नै दोस्रो पटक यो कार्यक्रम भएको थियो भने तेस्रो पटक न्युजिल्याण्ड र चौथो समिट फ्रान्समा भएको थियो । पाँचौं समिट भने नेपालमा गर्न लागिएको नेपाल भ्रमण बर्ष २०२० को सचिवालयले बिहीबार एक कार्यक्रमको आयोजना गरि जानकारी दिएको हो ।

विगतमा भएको समिटहरुको राम्रा अभ्यासबाट पाठ सिक्दै हिमाली क्षेत्रको पर्यटन विकासमा सघाउने उद्देश्यले पाँचौं पटक यो समिट नेपालमा गर्न लागिएको आयोजकले बताए । जुन १ देखि ५ तारिखसम्म हुने कार्यक्रममा न्युजिल्याण्डका पूर्व प्रधानमन्त्री तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रका पूर्व प्रशासक हेलेन क्लर्क प्रमुख वक्ताको रुपमा रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा करिब २ सय जना भन्दा बढी विदेशी पाहुना रहनेछन । कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, भ्रमण बर्ष सचिवालयको संयुक्त आयोजनामा हुने भएको छ ।

भ्रमण बर्ष सचिवालयका मुख्य संयोजक सुरज बैद्यले नयाँ कुरा तथा गन्तब्यमा सुधार ल्याएमा मात्रा अघि बढ्न सक्ने बताएका छन । उनले उक्त समिटमार्फत बिभिन्न निकुञ्जहरु तथा तालतलैयाहरुको प्रचारप्रसारमा समेत जोड दिइने बताए । यसप्रकारको अन्तराष्ट्रिय समिटले नेपालको पर्यटन प्रर्वद्धनमा ठूलो महत्व राख्ने वैद्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL