Logo

सुदूरपश्चिम साहित्य र खाना महोत्सव फागुन १४ देखि, २५ स्टलमा स्थानीय परिकार

सुदूरपश्चिम साहित्य र खाना महोत्सव फागुन १४ देखि, २५ स्टलमा स्थानीय परिकार



काठमाडौं । होटल व्यवसायी संघ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक खाना महोत्सव हुने भएको छ । भ्रमण बर्षलाई टेवा पुग्ने गरि उक्त महोत्सव आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

laxmi

सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनसँग सहकार्य गरेर धनगढीस्थित खुलामञ्चमा खाना महोत्सव आयोजना गर्न लागिएको होटल संघ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिएका छन । महोत्सवमा २५ ओटा स्टलमा स्थानीय परिकार मात्र रहने छन् । एक हजार लिटरको भाडामा फाणो पकाउने तयारीसमेत गरिएको आयोजकले जानकारी दिएको छ ।

सोही अवधिमा धनगढीमा हुने विश्व नेपाली साहित्य सम्मेलनको तयारी तीव्र पारिएको छ । सप्ताहव्यापी विश्व नेपाली साहित्य सम्मेलनमा साहित्यकारको सहभागिता रहने आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए ।

सुदूरपश्चिमको कला र संस्कृतिका बारेमा सबैलाई जानकार गराउन र अन्य ठाउँको कला र संस्कृतिबारे जानकारी लिन महोत्सवको आयोजना गर्न लागिएको जोशीले बताए । महोत्सवमा देशभित्रका २०० बढी साहित्यकारको सहभागिता रहने छ । साथै भारतको सिलगुडी, दार्जिलिङ, सिक्किम, असाम, मेघालय, मणिपुर, भुटान, बर्मा, अमेरिका, बंगलादेशलगायतका देशका साहित्यकारहरुको सहभागिता रहने छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL