Logo

पर्यटन मन्त्रालय र गैर आवासीय नेपाली संघबीच सम्झौता, बिभिन्न विमानस्थलहरुको सरसफाई गर्ने

पर्यटन मन्त्रालय र गैर आवासीय नेपाली संघबीच सम्झौता, बिभिन्न विमानस्थलहरुको सरसफाई गर्ने



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैर आवासीय नेपाली संघबीच सम्झौता भएको छ । सम्झौता अनुसार संघ र मन्त्रालयले बिभिन्न विमानस्थलहरुको सरसफाई र हालको अवस्थाको अडिट गर्ने छ ।

अवलोकनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आन्तरिक तथा बाह्य, विराटनगर, चन्द्रगढी, जनकपुर, सिमरा, भरतपुर, नेपालगञ्ज, धनगढी, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थल रहेका छन । साथै उक्त सम्झौता अनुसार फागुनको २० गतेदेखि चैतको १९ गतेसम्ममा ति विमानस्थलहरुको अवलोकन गरि प्रतिवेदन बुझाउनु पर्ने छ ।

मन्त्रालयले भ्रमण बर्षको अवसरमा ति विमानस्थलहरुको जानकारी लिने र प्राप्त सुझावका आधारमा आगामी दिनमा विमानस्थल तथा अन्य सांस्कृतिक तथा पर्यटकिय स्थलको समेत सरसफाई थप प्रभावकारी बनाउन गैर आवासीय नेपाली संघसँग सहकार्य गर्दै जाने मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL